काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता वामदेव गौतमविरुद्धको मुद्दा संवैधानिक इजलासमा शुक्रवार सुनुवाइ हुँदैछ । बुधबार भएको सुनुवाइमा बहस नसकिएपछि हेर्दैहेर्दै तोकिएको थियो।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा गौतमको मुद्दा पेशीमा रहेको छ। संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्।
गौतमको पक्षमा ३० भन्दा धेरै वकिल
राष्ट्रिय सभामा गौतमको सिफारिस ठीक हो भन्ने पक्षमा बहस गर्न ३० भन्दा धेरै कानुन व्यवसायीले तयारी गरेका छन्। वरिष्ठ अधिवक्ता युवराज संग्रौलासहितको टोली गौतमको पक्षमा बहस गर्न उत्रदैंछ। दुई जना सरकारी वकिलको बहस पनि बाँकी छ। गौतम पक्षको बहसपछि निवेदकले जवाफ दिने समय पाउनेछन् । अनिमात्र सर्वोच्चले आफ्नो निर्णय सुनाउने छ। सवै पक्षको बहस शुक्रवार समाप्त भए गौतमको विषयमा निर्णय हुने छ।
यसअघि एकल इजलासले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्दै संवैधानिक इजलासमा पठाएको थियो। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई अन्य संवैधानिक जिम्मेवारी नदिन भनेको थियो। सर्वोच्चको उक्त आदेशपछि गौतम मन्त्री बन्न नपाउने अवस्था आएको थियो।
सम्बन्धित समाचार
वामदेव गौतमको मुद्दा 'हेर्दाहेर्दै'मा, शुक्रबारलाई सर्यो पेसी
वामदेवबारे संवैधानिक इजलासको निर्णय पर्खिँदै ओली–प्रचण्ड
वामदेवको मुद्दा सुनुवाइ गर्न गठन भयो संवैधानिक इजलास
संवैधानिक इजलासले खोलिदेला वामदेवलाई मन्त्री बन्ने बाटो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।