काठमाडौं– दक्षिण अफ्रिकाको सर्वकालिन महान् तीव्र गतिका बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको बेलामा सहयोग गर्न तयार रहेको बताएका छन्।
आइतबार टी-२० विश्वकपमा इंग्ल्याण्डविरूद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत सहयोगको हात अघि बढाएका हुन्।
‘नेपाल, कुनै पनि बेला आवश्यक परेमा म सहयोग गर्न तयार छु,’ उनले लेखेका छन्।
मुम्बईको वांखडे स्टेडियममा नेपालसामु इंग्ल्याण्डले १८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याउनेक्रममा नेपाल १८० रनमा सिमित भएको थियो। योसँगै नेपाल ५ रनको झिन अन्तरले पराजित बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।