• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

‘बिस्तारै हुन्छ’ भन्ने कुन सिद्धान्त हो?

बाबुकाजी कार्की शुक्रबार, असोज १६, २०७७  १५:४८
1140x725

सगरमाथा जाने हो भने हिँड्दै नहिँडी विस्तारै पुगिन्छ भन्ने कुन सिद्धान्त हो यो? ३६/३७ साल यता भएका विभिन्न खाले सानाठूला आन्दोलन, संघर्ष, जनयुद्ध, जनआन्दोलनमा आमूल परिवर्तनको सपना पूरा गर्न समाहित भएको पुस्ता जीवित छ। यो पुस्ता यति कुरा बुझ्ने क्षमता राख्छ कि नेतृत्व हिँड्दैछ कि यथास्थितिमा आनन्दित भइरहेको छ।

४६ साल ल्याउन गरिएका प्रयास ०४६/०४७ सालपछि प्राडो, पजेरो, सांसद पेन्सन, सांसद खरिदबिक्री आदिमा चुर्लुम्म डुबेर जनताको सवालप्रति बेवास्ता भइरहेको छ। तत्कालीन नेतृत्वले अनदेखा गरेपछि विकसित भएको जनयुद्ध, त्यो जनयुद्ध विकास गर्न गरिएका प्रयास देख्ने भोग्नेहरू जीवित छन्। ४६ सालपछि र ६२/६३ को आन्दोलनपछि पनि अहिलेसम्म ‘बिस्तारै हुन्छ’ भनेर राग अलाप्नुपर्ने किन? 

त्यसपछि मुठ्ठीभर बाहेकको जीवनमा के परिवर्तन आयो? के परिवर्तन ल्याइयो वा ल्याउन कोशिस गरिँदैछ? आजका प्रयत्नहरू जे भएका छन् के यसबाट अझै सम्भव छ भनिदिनुपर्ने? 

झण्डै ८ लाख पार्टी सदस्यलाई दुईतिहाइ नेतृत्वको सरकारको अगुवाइमा आमुल परिवर्तनको पक्षमा धारिलो बनाएर परिचालन गर्नपर्ने थियो। यदि नारा भ्रम दिन बनाइएको होइन भने सुखी नेपाली र समृद्ध नेपालको परिभाषित पुस्तक, व्याख्या विश्लेषण गरिएको दस्ताबेज बोकेर शीरदेखि तिरसम्म छलफल चलाइनुपर्थ्यो। 

समृद्धि के हो? समृद्धि कसको हो? राजेन्द्रकुमारी गोल्छाको हो कि बिनोद चौधरीको? होइन यदि आधारभूत तहका जनताको समृद्धि हो भने अवश्य त्यो कठिन काम छ। त्यो जसरी हिजो ०४६/४७ वा ०६२/६३ ल्याउन कठिन थियो।

०६२/६३ ल्याउन गरेजस्तै काम आम सदस्यमार्फत आम जनताको सेल कमिटी, टोल कमिटी बनाएर उत्पादनका काम थाल्नुपर्थ्यो। उत्पादनका साधनको न्यायोचित बितरणको थालनी हुनपर्थ्यो। दलाल नोकरशाहीहरू पटक पटक झस्किने स्थिति बन्नुपर्थ्यो, ता कि राष्ट्रिय पुँजी निर्माण गर्न योगदानमा लागुन्। तर दिनहुँ नेपाली लुट्ने काम जारी छ। 

लाखौँ मानिस बैदेशिक रोजगारीमा छन्, करोडौँ रुपैयाँ देशमा भित्रन्छ, तर त्यति पैसा छ महिनामा फर्केर उतै जान्छ, अब समृद्धि कसरी हुन्छ? इजरायलले किसानको उत्पादनले सिङ्गो देशलाई पाल्दै विदेश निर्यात गर्छ, हामी भने खरबौंको कृषि उपज आयात गर्ने ठाउँमा छौँ, रोक्ने कसरी? कहाँ छलफल भयो? कहिले छलफल ग¥यौँ? उल्टो प्रिय घरबेटीलाई मल आयातको ठेक्का दिनाले मल आपूर्ति भएन, किसानले मल पाएनन्। विस्तारै हुन्छ हैन त?

यतिबेला देशको विकल्प नै बहुमत प्राप्त नेकपा हो भन्ने बनाउन पर्ने हो। तर त्यो विश्वासको हतियार आठ लाख सदस्यलाई साँध लाएर चम्काउँदै अरु २० लाख सदस्य बनाउने बेलामा हतियारलाई चिसों छिँडीमा राखेर जानाजान १० पत्र खिया लाग्ने बनाइएको छ। यता विश्वासको हतियारमा खिया लगाउँदै उता मार्सी भातमा रमाउनेले आमुल परिवर्तन हुँदैछ भन्दा पत्याउन पर्ने? यो हुन सक्दैन। 

Ncell 2
Ncell 2
nimb
nimb

भूमिसुधार विस्तारै हुन्छ। अझ आजभोलि त यो जरुरी छैन भन्न थालिएको छ। उद्योग विस्तारै खुल्छ। बेरोजगारी अन्त्य विस्तारै हुन्छ। सामाजिक न्याय विस्तारै प्राप्त हुन्छ। मौलिक अधिकारको कार्यान्वयन विस्तारै हुन्छ। जातीय विभेद अन्त्य विस्तारै हुन्छ। वर्ण विभेद, लैङ्गिक विभेद अन्त्य विस्तारै हुन्छ। गुणस्तरीय विकास विस्तारै हुन्छ। शिक्षामा परिवर्तन विस्तारै हुन्छ। स्वास्थ्य क्षेत्रमा सुधार विस्तारै हुन्छ। उत्पिडितले न्याय विस्तारै पाउँछ। उत्पिडकले सजाय विस्तारै पाउँछ। पार्टी एकता पूर्ण विस्तारै हुन्छ। विचार बनाउने र त्यससम्बन्धी बैचारिक काम विस्तारै हुन्छ। संबैधानिक आयोगहरू विस्तारै बन्छन्। खाँचो परिसकेको मल विस्तारै आउँछ। आवश्यक सबै काम कुरा विस्तारै हुन्छ। त्यसो भए आज चाहिँ के हुँदैछ। ०४६ साल यता के भयो? ०६२/६३ पछि यो १५ वर्षमा के भयो? 

मुठ्ठीभरको जीवन बारे सोच्दै ठीक भयो। विचौलियासँग बैठक गर्दै ठीक भयो। मार्सी भातमा रूमल्लिँदै ठीक भयो। विभिन्न खाले दलाल नोकरशाही पुँजीपति समूहसँग छलफल गर्दै ठीक भयो। सेतो पाउडरले अनुहार चम्काउने र कालो दलेर कपाल चम्काउने गर्दै ठीक भयो। नहुने कामको उद्घाटन र शिलान्यास गर्दै ठीक भयो। पास्नी र न्वारानको भोज भ्याउँदै ठीक भयो। जन्मदिनको केक काट्दै ठीक भयो। 

अनि विस्तारै हुन्छ, हतारिनु हुन्न भन्ने दर्शन व्याख्या गर्दै हुनुहुन्छ हैन त? सब कुरा विस्तारै हुने भए तपाइँको भूमिका के? भूमिका जसरी पनि ऐयाशी जीवन बाँच्ने? त्यसका लागि कालो पैसा कमाउने? हुने नहुने हर्कत गर्ने? त्यही पैसाको प्रभावमा फेरि चुनावको टिकट लिने? जसोतसो जनमत लिने र फेरि राज्य दोहन गरेर सम्पत्ति आर्जन गर्ने? यत्ति होइन त? त्यसैले त नेता नेतृत्वप्रतिको आश छैन आज। 

आफ्नो अगाडि पछाडि हिँडेका ८/१० जना देखेर सबै राम्रो भइरहेको भ्रममा हुनुहुन्छ। तर विचार गर्नुहोस्, तपाइँसँग हिँड्नेलाई नै तपाइँको भरोषा छैन। भात भान्साको लोभमा, जागिरको आशमा, मुद्दा मिलाइदिने प्रलोभनमा, या अलि अलि त्रासमा हिँडेका छन्। 

Xtrem

Xtrem

नेतृत्वमा रहने तपाइँहरु आउँदै हुनुहुन्छ रे भन्दा कोही कसैले मतलब गर्दैन। ओठ लेब्र्याउँछन्। सबै उस्तै हुन भनेर गाली नै गरिदिन्छन्, किन? बोल्नुपर्ने कोही बोल्दैनन्, प्रतिबाद गर्दैनन् किन? पार्टी कार्यकर्ताका कुरा छाडौं नेता घोसेमुण्टो लाएर बस्छन्। अझ कति ठाउँमा त आफ्नो राजनीतिको परिचय दिन डराउँछन् किन? हिजो एउटै ब्यक्ति सिङ्गो आन्दोलनको मानक बन्थ्यो, आज तह तहका नेता छन्, कमिटी छन् तर विश्वास छैन। किन? कसले यस्तो बनायो? 

राजनीति समाजसेवा हो। राजनीतिमार्फत समाजसेवा गर्नु गौरवको बिषय हो भनेर राजनीतिकर्मीले शीर ठाडो पार्न नसक्ने कसले बनायो? 

नेकपाको जीवनमा आफ्नो कार्यनीति अनुसार यो नै ‘क्लाइमेक्स’ होला। अब यो स्थान सम्भव छैन। सत्ताको कार्यनीति छैन। फेरि यो नेतृत्वले श्रमजीविहरूको हित र रक्षा गर्ने कुरा उच्च घरानियाँ या त दलाल नोकरशाही पुँजीपतिहरूको दैलो चाहारेर सम्भव छैन। 

निश्चय नै कम्युनिष्ट आन्दोलनको स्थापना गर्ने, त्यसको विकासमा अहोरात्र लागिपर्ने, जीवनको कुरवानी गर्ने, जनसंघर्षको नेतृत्व गर्ने नेताहरु महान हुनुहुन्छ। एक समय त्याग र हिम्मत गर्नुभएकै हो। तर मानिस सधैँ सबै घटनामा बहादुर नहुने रहेछ। हिजोको श्रद्देय आज देखिँदैन। पहिलो तपाइँको अनुहार हेर्न दशौं घण्टा हिँडेर आउने उर्जा आउँथ्यो। तपाइँका सारगर्भित भनाई सुन्दा भोक पचाउने उर्जा आउँथ्यो। तपाइँको उद्गार पछ्याउन लायक हुन्थे। 

तपाइँको अध्ययन, अनुशासन, लवाइखवाई, सरल जीवन, महान विचार बारे घण्टौँ छलफल चल्थ्यो। त्यस्तै सिक्न रहर जाग्थ्यो। आफ्नो काम सकेसम्म आफै गर्ने, समय खेर नफाल्ने, रुढिवाद, गलत परम्पराबारे कति मीठो चिरफार गर्नुहुन्थ्यो। धर्म भनेकै जनसेवा भन्नुहुन्थ्यो। हाम्रा देवता भनेको जनता हुन् जो झुपडिमा भेटिन्छन्, मन्दिरमा हैन भन्नुहुन्थ्यो। प्रगतिशील आचरण, स्वभाव शैली विकास गर्न भन्नुहुन्थ्यो, सिकाउनु हुन्थ्यो। मितव्ययीताबारे कति राम्रो ज्ञान थियो। माक्र्सवादीहरु मितव्ययी बन्नुपर्छ भन्नुहुन्थ्यो। 

हो, आज पनि त्यही नेतृत्वको खोजी हो। मार्सी भात र होली वाइनमा डुब्ने, गुन्डा डनलाई नेता बनाउन लागिपर्नुले तपाइँ स्खलित भएको प्रष्ट छ। विचार सकिएको पुष्टि हुन्छ। गन्तव्य नभएको टुंगो लाग्छ। र त वैचारिक कामप्रति जाँगर नलागेको नि। र त भाकल र पूजातिर ध्यान बढेको नि। अनि त जनतालाई तपाइँप्रति विश्वास भएन। तपाइँलाई जनताको विश्वास भएन। 

हिजोको त्याग, समर्पण, बलिदानीको बदलामा आज दलाल नोकरशाही पुँजीवादको नोकर बन्न छुट दिन सकिँदैन। ठगको नोकर नै बन्ने हो भने अन्यथा नठान्नुहोला समयले तपाइँलाई बीचमै छाडेर अगाडि बढ्ने छ।

यसबाट समृद्धिको सगरमाथा जाने र पुग्ने लक्षण देखिएन। हिँड्ने सुरसार गरेको पनि देखिएन। आवश्यक खरखजाना तयार गरेको पनि देखिएन। बाधा अवरोध कहाँबाट भयो पनि भनिँदैन। जब कि यतिबेला लामा लामा पाइलामा हिँड्न रोक लाउने कुनै तागत छैन। तर विस्तारै पनि हिँडिरहेको देखिँदैन। उही गोलचक्करमा देखिन्छ, जुन विगतमा देखिन्थ्यो। तर हिँडिरहेका छौँ भनेर नढाँट्नुस्, बुझ्छन् अरू पनि। यतिबेला त कम्तिमा समृद्धिको बेसक्याम्प पुगेको हुनुपर्थ्यो। 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्