काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) मन्त्रिपरिषद्द्वारा डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस, बिहीबारै मुख्य सचिवबाट राजिनामा दिएका लोकदर्शन रेग्मी बेलायतको राजदूत सिफारिस, मुख्यसचिवमा शंकरदास वैरागी नियुक्त
२) नेपालमा थप ११ कोरोना संक्रमितको मृत्यु, ५०९ पुगे मृतक, काठमाडौं उपत्यकामा ९४३ सहित १ हजार ९११ जनामा संक्रमण, ७९ हजार ७२८ पुगे संक्रमित
३) निजी प्रयोजनाका विद्युतीय कारको कर घटाउन व्यवसायीको तीब्र लबिङ, आन्तरिक रुपमा बनाए दुई योजनाः सके प्लान ’ए’, नसके ’बी’मा जाने
४) बाबरी मस्जिद ध्वस्त पारिएको मुद्दामा सत्तारूढ दल भाजपाका ठूला नेताहरूसहित आरोपित सबैलाई अदालतको सफाइ, ४९ आरोपितमध्ये ३२ जनाको पक्षमा फैसला
५) र, कप्तान, उपकप्तानसँग छलफल गरेर खेलाडी वर्गीकरण पुनः हुने क्यानको भनाइ, वर्गीकरण जस्तो विषयलाई निश्चित मापदण्ड तोकेर अबलम्बन गरिनु क्रिकेट विकासका लागि जरुरी भएको प्रतिक्रिया
पूरा समाचार भिडियोमा:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।