काठमाडौं– प्राविधिक सहायक रथीबाट उपरथीमा बढुवा भएका शरदलाल श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहीबार जंगी अड्डामा एक कार्यक्रमका बीच श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
असोज १२ गतेको मन्त्रिपरिषदको निर्णयले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। उपरथीमा बढुवा भएका श्रेष्ठलाई इन्जिनियरिङ विभागको विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।