काठमाडौं–सानिमा बैंकले चन्द्रपुरमा ८३ औं शाखा कार्यालय विस्तार गरेको छ। बैंकले असोज १४ गतेदेखि चन्द्रपुर शाखा औपचारिक रुपमा संचालनमा ल्याएको हो।
चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले उक्त शाखाको उद्घाटन गरेका हुन्। कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सावधानीका उपायहरु अपनाई शाखा संचालनमा आएकोमा मेयर चौधरीले सानिमा बैंकलाई धन्यवाद दिए। आगामी दिनमा पनि सुरक्षित तरिकाले शाखाको सेवा सुचारु राख्न उनले आग्रह गरेका छन्।
सो शाखा संचालनमा आएसँगै चन्द्रपुर र सो क्षेत्र आसपासका बासिन्दालाई गुणस्तरीय बैंकिङ्ग सेवामा सहज पहुँच पुग्ने बैंकले जनाएको छ। सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।