काठमाडौं–सूर्य नेपाल प्रालिले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो।
कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग, उपप्रमुख सबिता रसाईलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, वाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो।
कार्यक्रममा नगर प्रमुख गुरुङ्ग, उपप्रमुख रसाईलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए।
सूर्य नेपाल कम्पनीले लामो समयदेखि खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग पु¥याउँदै आइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।