काठमाडौं–राजधानीको बागबजारस्थित इ–प्लानेट (एजुकेशन प्लानेट) एजुकेशन कन्सल्टेन्सीेले भर्चुअल अस्ट्रेलियन एजुकेशन मेला सञ्चालन गर्ने भएको छ।
कोभिड–१९ महामारीको अवस्थालाई ध्यानमा राखी १६ असोजमा ‘भर्चुअल अस्ट्रेलियन एजुकेशन’ मेला गर्ने भएको हो।
मेलामा अस्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने एजुकेशन प्लानेटले जनाएको छ।
मेलामा सहभागी विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष कुराकानी गरि अध्ययनबारे जानकारी लिन सकिने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछानेले बताए।
मेलामा शैक्षिक योग्यता अनुसारको छात्रवृत्ति, निःशुल्क आवेदन तथा अन्य बिशेष छुट प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयमा सिट सुनिश्चितसमेत गर्न सकिने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्री बताए।
इ–प्लानेट भर्चुअल अस्ट्रेलियन एजुकेशन फेयर (एसएफ) का बारेमा जानकारी दिदैं कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, इटहरी हुँदै भारतको हैदरावाद शाखाबाट पनि विद्यार्थीहरुको सहभागिता रहने जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।