• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवको मुद्दामा दुई घण्टे 'टाइमकार्ड', न्यायाधीश र महान्यायाधिवक्ताबीच रोचक प्रश्नोत्तर

64x64
दुर्गा दुलाल बुधबार, असोज १४, २०७७  २१:५४
1140x725

काठमाडौं- बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन हारेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि शुरु भएको विवादको संवैधानिक परीक्षण शुरु भएको छ। यो विषयमा संविधान र कानुनसम्बन्धी विवाद आएको भन्दै निरुपण गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ।

गौतमको सांसद पदसम्बन्धी विवादमा बुधवार रिट निवेदनमाथि पक्षका कानुन व्यवसायी र  महान्यायाधिवक्ताले बहस गरेका छन्।  न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गर्दै मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो। असोज ७ गते उनको एकल इजलासले गौतमको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो। 

बुधबारको बहसका क्रममा निवेदक दिनेश त्रिपाठीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाँदा संविधानका व्यवस्थाको उल्लंघन हुने भएकाले अन्तरिम आदेश निरन्तर हुनुपर्ने तर्क गरेका थिए। निवेदककै तर्फबाट वरिष्ठ अधिवक्ता र पूर्व महान्यायाधिवक्ता बद्रिबहादुर कार्की उपस्थित भए।

कार्कीले बहस गरिरहँदा न्यायाधीशहरुले उक्त पदमा कस्ता व्यक्ति जान पाउने हो भनी प्रश्न राखेका थिए। वरिष्ठ अधिवक्ता कार्कीले संविधानमा यो व्यवस्था किन गरिएको र विगतको संवैधानिकतालाई निरन्तरता भएकाले त्यहाँ कस्ता व्यक्तिलाई पठाउने भनेर प्रष्ट लेखेकाले विवाद आवश्यक नभएको उल्लेख गरेका थिए। 

संविधानको भावना पालना गर्ने हो र संविधान जीवित राख्ने हो भने गौतमको नियुक्ति खारेज हुनुपर्ने तर्क उनले गरेका थिए। राष्ट्रपतिले सिफारिस गर्ने व्यक्ति सार्वजनिक जीवनमा महत्त्व बोकेको हुनुपर्ने भएकाले निर्वाचनमा पराजित भएका व्यक्तिलाई लैजाने भर्‍याङका रूपमा सो व्यवस्थालाई प्रयोग गर्न नहुने तर्क कार्कीले गरे।

कार्कीपछि वरिष्ठ अधिवक्ता हरि उप्रेती बहसमा आएका थिए। उनले पनि ५ वर्षसम्म गौतमलाई जनताले बाहिर रहन भनेकाले फेरि घुमाउरो बाटो प्रयोग गरेर जान नमिल्ने तर्क गरे।

000

पक्षका वकिलको बहस सकिएपछि सरकारी पक्ष बहसमा उत्रिएका थिए। महान्यायाधिवक्ताको कार्यालयबाट चार जना बहसका लागि उपस्थित भएका थिए। महान्यायाधिवक्ता अग्नि खरेल, सरकारी वकिलहरु पदमप्रसाद पाण्डे, सञ्जीवराज रेग्मी र श्यामप्रसाद भट्टराई थिए।

Ncell 2
Ncell 2
nimb
nimb

बुधबार भट्टराई  र महान्यायाधिवक्ता खरेलले मात्र बहस गर्न भ्याए। महान्यायाधिवक्ता खरेल र न्यायाधीशको रोचक प्रश्नोत्तर भएको थियो। खरेलले करिब एक घण्टा बहस गरेका थिए।

बहसका क्रममा न्यायाधीश ईश्वर खतिवडाले महान्यायाधिवक्तालाई 'लोकतन्त्रको प्रस्तावना खोई' भनेर प्रश्न गरेका थिए। उनको प्रश्नलाई खरेलले सोही रुपमा जवाफ दिए। खरेलले जवाफमा भने, 'यो भनाई श्रीमानको हो कि निवेदनकको?' उनको यो जवाफपछि खतिवडाले आफ्नो भनाइ त बहसपछि आउने बताए।

इजलासले खरेललाई हारेको मानिसलाई मन्त्री बनाउनै सांसद बनाइएको हो भनी अर्को प्रश्न तेर्स्याएको थियो। खरेलले वामदेवलाई मन्त्री बनाउन खोजिएको जवाफ दिए। 

बहसका क्रममा महान्यायाधिवक्ता खरेलले निर्वाचन हार्नु अयोग्यताको प्रमाण नभएको दाबी गरे। उनले त्यसको तीन वटा उदाहरण इजलास समक्ष पेश गरेका थिए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई निर्वाचन क्षेत्र नम्बर १०४ गोरखाबाट पराजित भए। त्यतिबेला उनी गोरखा परिषदका उम्मेदवारसँग पराजित भएका थिए। तर उनी त्यसै प्रतिनिधिसभाको सदस्य मात्र भएनन्, सभामुख पनि बने,' खरेलको पहिलो उदाहरण थियो। 

यस्तै उनले २०६४ को संविधानसभा निर्वाचनलाई लिएर थप दुई उदाहरण पनि पेस गरे। 'महन्थ ठाकुर पराजित भए। तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने २६ जना सभासदमा नियुक्त भए,' उनको दोस्रो उदाहरण थियो। 'त्यही चुनावमा दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल संविधानसभामा मात्र आएनन्, प्रधानमन्त्री समेत बने,' उनको अर्को उदाहरण थियो। यसपछि उनको निष्कर्ष थियो- एक पटक निर्वाचन हार्नु भनेको जनताबाट अस्वीकृत हुनु होइन। 

संविधानको धारा ७८ को ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सो प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री नबनाउनु मात्र भनेको तर निर्वाचन वा मनोनयनबाट संघीय संसद् सदस्य भइसकेपछि मन्त्री बन्न नरोक्ने भन्दै उनले रिट खारेज गर्नुपर्ने जिकिर गरे। मुद्दामा गौतम पक्षका कानुन व्यवसायीले बहस गर्ने समय पाएका छैनन्। 

दुई घन्टे टाइमकार्ड 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलासले बहस शुरु गर्नुअघि नै बहसका लागि टाइमकार्ड लागू गरेको थियो। हरेक पक्षलाई दुई घण्टा समय दिइने र उक्त अवधिमा बहस सक्नुपर्ने सर्त थियो।

कानुन व्यवसायीलाई समय निर्धारण गर्ने कुरा उक्त समूहले मिलाउनु पर्ने थियो। यो सर्तका कारण धेरै कानुन व्यवसायीले वामदेवको विपक्षमा बहस गर्ने इच्छा राखेपनि पाएनन्। पक्षका तर्फबाट निवेदक र केही वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए।

अब शुक्रवार दुई सरकारी वकिलको बहसपछि वामदेव पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। वामदेवको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता युवराज संग्रौला, सूर्य ढुङ्गेलको नेतृत्वमा उत्रँदै छन्। उनीहरुको बहसपछि निवेदकले जवाफ दिने समय पाउनेछन्। यो सबै प्रक्रिया पूरा भएपछि अदालतले आदेश सुनाउने छ। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सर्वाधिक मत प्राप्त गर्ने शीर्ष १० जनाको सूचीमा सभापति थापासहित खुला केन्द्रीय सदस्य, महिला केन... शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत कमजोरी वा गलत प्रवृत... शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्