• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवको मुद्दामा दुई घण्टे 'टाइमकार्ड', न्यायाधीश र महान्यायाधिवक्ताबीच रोचक प्रश्नोत्तर

64x64
दुर्गा दुलाल बुधबार, असोज १४, २०७७  २१:५४
1140x725

काठमाडौं- बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन हारेका नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेपछि शुरु भएको विवादको संवैधानिक परीक्षण शुरु भएको छ। यो विषयमा संविधान र कानुनसम्बन्धी विवाद आएको भन्दै निरुपण गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस चलिरहेको छ।

गौतमको सांसद पदसम्बन्धी विवादमा बुधवार रिट निवेदनमाथि पक्षका कानुन व्यवसायी र  महान्यायाधिवक्ताले बहस गरेका छन्।  न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै गौतमलाई थप संवैधानिक जिम्मेवारी नदिन आदेश गर्दै मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो। असोज ७ गते उनको एकल इजलासले गौतमको मुद्दालाई संवैधानिक इजलासमा पठाएको थियो। 

बुधबारको बहसका क्रममा निवेदक दिनेश त्रिपाठीले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाँदा संविधानका व्यवस्थाको उल्लंघन हुने भएकाले अन्तरिम आदेश निरन्तर हुनुपर्ने तर्क गरेका थिए। निवेदककै तर्फबाट वरिष्ठ अधिवक्ता र पूर्व महान्यायाधिवक्ता बद्रिबहादुर कार्की उपस्थित भए।

कार्कीले बहस गरिरहँदा न्यायाधीशहरुले उक्त पदमा कस्ता व्यक्ति जान पाउने हो भनी प्रश्न राखेका थिए। वरिष्ठ अधिवक्ता कार्कीले संविधानमा यो व्यवस्था किन गरिएको र विगतको संवैधानिकतालाई निरन्तरता भएकाले त्यहाँ कस्ता व्यक्तिलाई पठाउने भनेर प्रष्ट लेखेकाले विवाद आवश्यक नभएको उल्लेख गरेका थिए। 

संविधानको भावना पालना गर्ने हो र संविधान जीवित राख्ने हो भने गौतमको नियुक्ति खारेज हुनुपर्ने तर्क उनले गरेका थिए। राष्ट्रपतिले सिफारिस गर्ने व्यक्ति सार्वजनिक जीवनमा महत्त्व बोकेको हुनुपर्ने भएकाले निर्वाचनमा पराजित भएका व्यक्तिलाई लैजाने भर्‍याङका रूपमा सो व्यवस्थालाई प्रयोग गर्न नहुने तर्क कार्कीले गरे।

कार्कीपछि वरिष्ठ अधिवक्ता हरि उप्रेती बहसमा आएका थिए। उनले पनि ५ वर्षसम्म गौतमलाई जनताले बाहिर रहन भनेकाले फेरि घुमाउरो बाटो प्रयोग गरेर जान नमिल्ने तर्क गरे।

000

पक्षका वकिलको बहस सकिएपछि सरकारी पक्ष बहसमा उत्रिएका थिए। महान्यायाधिवक्ताको कार्यालयबाट चार जना बहसका लागि उपस्थित भएका थिए। महान्यायाधिवक्ता अग्नि खरेल, सरकारी वकिलहरु पदमप्रसाद पाण्डे, सञ्जीवराज रेग्मी र श्यामप्रसाद भट्टराई थिए।

Ncell 2
Ncell 2

बुधबार भट्टराई  र महान्यायाधिवक्ता खरेलले मात्र बहस गर्न भ्याए। महान्यायाधिवक्ता खरेल र न्यायाधीशको रोचक प्रश्नोत्तर भएको थियो। खरेलले करिब एक घण्टा बहस गरेका थिए।

बहसका क्रममा न्यायाधीश ईश्वर खतिवडाले महान्यायाधिवक्तालाई 'लोकतन्त्रको प्रस्तावना खोई' भनेर प्रश्न गरेका थिए। उनको प्रश्नलाई खरेलले सोही रुपमा जवाफ दिए। खरेलले जवाफमा भने, 'यो भनाई श्रीमानको हो कि निवेदनकको?' उनको यो जवाफपछि खतिवडाले आफ्नो भनाइ त बहसपछि आउने बताए।

इजलासले खरेललाई हारेको मानिसलाई मन्त्री बनाउनै सांसद बनाइएको हो भनी अर्को प्रश्न तेर्स्याएको थियो। खरेलले वामदेवलाई मन्त्री बनाउन खोजिएको जवाफ दिए। 

बहसका क्रममा महान्यायाधिवक्ता खरेलले निर्वाचन हार्नु अयोग्यताको प्रमाण नभएको दाबी गरे। उनले त्यसको तीन वटा उदाहरण इजलास समक्ष पेश गरेका थिए।  

'२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई निर्वाचन क्षेत्र नम्बर १०४ गोरखाबाट पराजित भए। त्यतिबेला उनी गोरखा परिषदका उम्मेदवारसँग पराजित भएका थिए। तर उनी त्यसै प्रतिनिधिसभाको सदस्य मात्र भएनन्, सभामुख पनि बने,' खरेलको पहिलो उदाहरण थियो। 

यस्तै उनले २०६४ को संविधानसभा निर्वाचनलाई लिएर थप दुई उदाहरण पनि पेस गरे। 'महन्थ ठाकुर पराजित भए। तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने २६ जना सभासदमा नियुक्त भए,' उनको दोस्रो उदाहरण थियो। 'त्यही चुनावमा दुई ठाउँबाट निर्वाचन हारेका माधवकुमार नेपाल संविधानसभामा मात्र आएनन्, प्रधानमन्त्री समेत बने,' उनको अर्को उदाहरण थियो। यसपछि उनको निष्कर्ष थियो- एक पटक निर्वाचन हार्नु भनेको जनताबाट अस्वीकृत हुनु होइन। 

संविधानको धारा ७८ को ४ ले प्रतिनिधिसभाको निर्वाचनमा पराजित व्यक्तिलाई सो प्रतिनिधिसभाको कार्यकालभरि मन्त्री नबनाउनु मात्र भनेको तर निर्वाचन वा मनोनयनबाट संघीय संसद् सदस्य भइसकेपछि मन्त्री बन्न नरोक्ने भन्दै उनले रिट खारेज गर्नुपर्ने जिकिर गरे। मुद्दामा गौतम पक्षका कानुन व्यवसायीले बहस गर्ने समय पाएका छैनन्। 

दुई घन्टे टाइमकार्ड 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ न्यायाधीशको संवैधानिक इजलासले बहस शुरु गर्नुअघि नै बहसका लागि टाइमकार्ड लागू गरेको थियो। हरेक पक्षलाई दुई घण्टा समय दिइने र उक्त अवधिमा बहस सक्नुपर्ने सर्त थियो।

कानुन व्यवसायीलाई समय निर्धारण गर्ने कुरा उक्त समूहले मिलाउनु पर्ने थियो। यो सर्तका कारण धेरै कानुन व्यवसायीले वामदेवको विपक्षमा बहस गर्ने इच्छा राखेपनि पाएनन्। पक्षका तर्फबाट निवेदक र केही वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए।

अब शुक्रवार दुई सरकारी वकिलको बहसपछि वामदेव पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। वामदेवको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता युवराज संग्रौला, सूर्य ढुङ्गेलको नेतृत्वमा उत्रँदै छन्। उनीहरुको बहसपछि निवेदकले जवाफ दिने समय पाउनेछन्। यो सबै प्रक्रिया पूरा भएपछि अदालतले आदेश सुनाउने छ। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  २१:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति पार्टीमा सहमति खोज्नका लागि विहानदेखि तीन पक्षका नेताहरु संवादमा जुटेका थिए ।  पहिलो चरणमा दुवै पक्षले आआफ्ना कुरा राखेपनि कुनै सहमत... मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि सायमीले प्रतिस्पर्धा गरेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठसँग... मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिले सृजना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली काङ्ग्रेसलाई अझ... मंगलबार, पुस २९, २०८२
ताजा समाचारसबै
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
राजेन्द्र महतोको साथ छोडेर सुमन सायमी नेकपामा समाहित हुँदै मंगलबार, पुस २९, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
वार्ता स्थलबाट प्रदीप पौडेलले भने- विशेष महाधिवेशनले कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, निर्वाचन समिति भंग गरी नयाँ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्