काठमाडौं- यातायात व्यवस्था कार्यालय‚ मोटरसाइकल सतुंगलले बिहीबार (असोज १५)देखि पुनः जोरबिजोरका आधारमा सेवा दिने भएको छ। उपत्यकामा बढ्दो कोरोना संक्रमणको जोखिमका कारण यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।
कार्यालयले बुधबार एक सूचना जारी गर्दै असोज १५ देखि अर्को सूचना नआएसम्म जोर गते जोर नम्बर प्लेटका र बिजोर गते बिजोर नम्बर प्लटका सवारीको कर तथा नवीकरणको काम हुने जनाएको छ। त्यस्तै कार्यालयले हरेक दिन दिउसो २ बजेसम्म त्यस्ता काम गर्ने उल्लेख गरेको छ।
यातायात व्यवस्था सेवा कार्यालय काठमाडौं परिसरमा रहेका कर्मचारीलाई कोरोना संक्रमण भएकाले उक्त कार्यालय बन्द भइसकेको छ। यस्तो अवस्थामा कार्यालयले जोखिम न्यूनीकरण गर्न आधामात्र सेवाग्राही आउने अवस्था सहित सेवालाई निरन्तर्ता दिन खोजेको कार्यालयले जनाएको छ।
कार्यालयले निषेधाज्ञा हटेपछि पूर्वा रुपमा सेवा दिँदै आएको थियो। असोज ३ देखि निषेधाज्ञा लाग्नु अघि पनि कार्यालयले जोखिम बढेको भन्दै जोरबिजोरका आधारमा सेवा दिँदै आएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।