काठमाडौं–जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री डा।बाबुराम भट्टराई आज बिहान खुलामञ्च पुगी मजदूरहरुलाई खाना खुवाएका छन्। सात महिनादेखि खुलामञ्चमा भात खुवाईरहेका स्वयंसेवीलाई हौसला प्रदार्न गर्न भट्टराई बुधबार विहान सवा ९ बजे त्यहाँ पुगेका थिए।
भट्टराई त्यहाँ करिब एक घण्टासम्म खटिएर फर्किएको उनका स्वकीय सचिव रोशन पोख्रेलले जानकारी दिए। ‘बाबुराम सर कसैलाई देखाउन वा प्रचार गर्न खात खुवाउने ठाउँ जानु भएको होइन,’ उनले भने, ‘‘‘सात महिनादेखि निरन्तर खाना खुवाउन स्वयंसेवक खटिनु भएको छ। उहाँहरुलाई हौसला प्रदान गर्न जानु भएको हो।’
सरकारले कोही भोकै बस्नु पर्दैन भन्ने गरे पनि रोजगारी गुमेका व्यक्तिहरु भात खान दिनहुँजसो खुलामन्च पुग्ने गरेका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।