काठमाडौं–सरकारले माछापुच्छ्रे मादी ट्रेकिङ ट्रेल निर्माण गर्ने भएको छ। पर्यटन विभागले माछापुच्छ्रे मादी हिमालअन्तर्गत नुमना ट्रेकिङ ट्रेल निर्माणका लागि टेन्डर आह्वान गरेको छ।
विभागले देउराली डाँडादेखि माछापुच्छ्रे मादीको आधार शिविरसम्मको ट्रेकिङ ट्रेल निर्माणका लागि टेन्डर गरेको हो। ६ लाख ३७ हजार धरौटी रकमसहित निर्माणका लागि टेन्डर सूचना प्रकाशन गरिएको छ।
विभागले चालू आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ट्रेकिङ ट्रेल निर्माण गर्न लागेको हो।
यसैगरी विभागले जगदिशपुर ताल क्षेत्रमा ‘वाक वे’ निर्माणका लागि पनि टेन्डर गरेको छ। यो कपिलवस्तु जिल्लामा पर्दछ।
साथै गोसाइकुन्ड क्षेत्रमा पनि पर्यटक पूर्वाधार विकासका लागि ७७ लाख २५ हजार रुपैयाँको लागत राखेर टेन्डर गरेको छ। यसैगरी विभागले पाँचपोखरी क्षेत्रमा समेत पर्यटन पूर्वाधार विकासका लागि लागत ७६ लाख रुपैयाँको अनुमानसहित टेन्डर गरेको छ।
विभागले कात्तिक ३० गतेसम्मको समयसीमा राखेर टेन्डर गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।