काठमाडौं–वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आज बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।
अर्को सूचना जारी नहुँदासम्मका लागि श्रम स्वीकृतिलगायत सम्पूर्ण सेवा बन्द गरिएको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले फ्रन्ट लाइनमा कार्यरत एक कम्प्युटर अप्रेटरमा कोरोना संक्रमण पुष्टि भएसँगै अर्को सूचना जारी नहुँदासम्मका लागि कार्यालयका सेवा बन्द गर्नु परेको बताए।
ताहाचलबाहेक अन्य श्रम कार्यालयहरुबाट भने श्रम स्वीकृति जारी भइरहेको महानिर्देशक दाहालले नेपाल लाईभलाई जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।