काठमाडौं–मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको समर्थनमा पाटन दरबार स्क्वायरमा आज साँझ नाटक तथा चित्रकला प्रदर्शनी हुने भएको छ।
सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले साँझ ४ बजे पाटन दरबार स्क्वायर डबलीमा उक्त कार्यक्रम गर्न लागेको हो।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरूले पनि डा केसीको जीवनरक्षाको माग गर्दै अस्पताल परिसरमा मंगलबार साँझ दीप प्रज्वलन गरेका थिए।
१६ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा केसी गत मंगलबार काठमाडौं आएका थिए। हाल उनी त्रिवि शिक्षण अस्पतालमा नै अनसनमा छन्। सरकारले आफ्ना माग पूरा नगरेसम्म अनसन जारी राख्ने अडान लिँदै आएका छन्। डा केसीको यो १९औं अनसन हो।
मेडिकल टिमले डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको बताए पनि सरकारले भने उनका मागबारे कुनै चासो देखाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।