वाशिङटन–अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपतीय निर्वाचनका उम्मेवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनबीच पहिलोपटक बहस सुरु भएको छ। बहस ओहायोको क्लिभल्याण्डबाट प्रत्यक्ष प्रसारण भइरहेको हो।
दुवै उम्मेदवारबीचको बहस अमेरिकी अर्थतन्त्र, कोरोना भाइरसको संक्रमण र सर्वोेच्च अदालतलगायतका विषयमा केन्द्रित हुने बताइएको छ।
ट्रम्पले कर छलेको समाचार सार्वजनिक भएका बेला बहस सुरु भएको हो। बाइडेनले भने बहस सुरु हुनु केही घण्टाअघिमात्र कर विवरण सार्वजनिक गरेका छन्। उनले सन् २०१९ मा करिब ३ लाख डलर कर तिरेको उल्लेख छ। ट्रम्पले भने सन् २०१६ मा ७५० डलर आयकर तिरेको खुलासा हालै न्युयोर्क टाइम्सले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।