काठमाडौं–नेपाल वायुसेवा निगम व्यवस्थापनले विनाप्रतिस्पर्धा गर्न लागेको दुई पाइलटको नियुक्त प्रक्रिया रोकिएको छ। व्यवस्थापनले टिवनअटर जहाज उडानका लागि भन्दै सिधै करारमा दुई पाइलट नियुक्ति गर्न लागेको थियो।
व्यवस्थापनले करारमा पाइलट नियुक्तिका लागि सञ्चालनक बोर्डमा प्रस्ताव लगेको थियो। तर,असोज १२ गते बसको निगम सञ्चालक बोर्डले सिधै पाइलट नियुक्ति गर्ने प्रस्ताव अस्वीकृत गरेको हो। प्रस्ताव अस्वीकृत गर्दैै बोर्डले खुल्ला प्रतिस्पर्धाबाट पाइलट नियुक्ति गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ।
निगमले दुई वटा टिवनअटर जहाज उडानका लागि भन्दै पाइलट नियुक्ति गर्न लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।