काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मंगलबार काठमाडौंका विभिन्न स्थानमा बिहान साढे २ घण्टा बत्ती काटिने जनाएको छ।
प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने सिंहदरबार २ फिडर मर्मत सम्भार गर्नुपर्ने भएकाले बिहान ७ बजेदेखि साढे ९ बजेसम्म काठमाडौंका मुख्य स्थानमा बत्ती काटिनेछ।
ती दुई फिडरअन्तर्गत सिंहदरबारभित्र मन्त्रालय, सिहंदरबार दक्षिण गेट बाहिर न्युरो हस्पिटल, काठमाडौं जिल्ला अदालत, सडक विभाग, सिंहदरबार उत्तरतर्फ, लोकसेवा आयोग, महालेखा नियन्त्रण कार्यालय, सिंहदरबार बैद्यखाना र बानेश्वर वितरण केन्द्रतर्फका सबै स्थानमा बत्ती काटिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।