काठमाडौं- एनएमबी बैंक पिसिएएफकोको सञ्चालक समितिमा नियुक्त भएको छ। पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी संस्था हो। कर्जा/लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न यसले सहकार्य गर्दै आएको छ।
कार्वन लेखा वित्तीय साझेदार (पिसिएएफ) कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गरेको छ।
पिसिएएफले गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ। जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पति पुगेको छ। वित्तीय सम्पतिको कार्वन लेखाका अग्रगामीहरुद्वारा स्थापित यस उभो पहलले हालसालै ठुला वित्तीय संस्थाहरु नट वेष्ट समुह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), ईन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजील), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समूह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) रहेका छन्।
विश्वव्यापी तापक्रम वृद्धिलाई सुरक्षित सीमाभित्र राख्नु सबैका लागि महत्वपूर्ण भएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए। उनले भने‚ 'तर यो विशेषगरी एशियाका देशहरुमा प्रासंगिक छ‚ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन्। हामी अग्रगामी पहलको हिस्सा हुन पाउँदा खुसी छौं‚ जसले वित्तीय संस्थालाई हाम्रो समयको सबभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ।'
सेप्टेम्बर २०१६ मा को साझेदारी विश्वव्यापी रूपमा शुरू भयो । हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन्। पिसिएएफ विभिन्न संस्थाहरूसँग मिलेर काम गर्दछन् उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि कार्वन अकाउन्टिङ फाइनान्सियलको गणना गर्दछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।