काठमाडौं- सरकारले देशको एकमात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप संरचना निर्माणका लागि एडिबीसँग १८ अर्ब ऋण लिने भएको छ।
असोज ८ गते बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहायता कार्यक्रम (सासेक)अन्तर्गत दुईवटा विमानस्थलमा थप संरचना निर्माणका लागि एसियाली विकास बैंक एडिबीसँग १८ अर्ब ऋण लिन स्वीकृत दिएको हो।
यो रकमबाट ३ वटा काम हुनेछन्। जसमा भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण हुनेछ। यसैगरी त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चितर्फको रनवेको अन्तिम बिन्दुसँग जोडिने ट्याक्सी-वे र पूर्वपट्टी एपोन र ह्याङगर निर्माणमा खर्च हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।