काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमण गर्नेलाई कडा कानुनी कारबाहीको व्यवस्था गरिएको अध्यादेशसहित तीन अध्यादेश जारी गरेकी छन्।
राष्ट्रपति भण्डारीले असोज १२ गते सोमबारका नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख छ।
१. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
अध्यादेश राष्ट्रपति कार्यालयवाट जारी भएको प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए। सरकारले तेजाव प्रहार गर्नेलाई २० वर्षसम्म कैद सजाय गर्ने व्यवस्था गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।