काठमाडौं-मिर्मिरे लघुवित्त वित्तीय संस्थाले श्रृजनशील लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ। दुवै संस्थाबीच सोमबार मिर्मिरेले श्रृजनशील लघुवित्तलाई गाभ्ने सहमतिपत्रमा संझौता गरेका हुन्।
श्रृजनशील लघुवित्तको केन्द्रीय कार्यालय सिरहामा रहेको छ। श्रृजनशील लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षमा संस्थाले ८२ लाख ८४ हजार रुपैयाँ नाफा गरेको थियो।
मिर्मिरेले यस अगाडि नागबेली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरि संयुक्त कारोबार गरेको थियो। त्यस्तै स्वेडा लघुवित्तलाई प्राप्ति गरि गत असारदेखि संयुक्त कारोबार गरिसकेको छ। संस्थाले आफूलाई राष्ट्रिय स्तरको लघुवित्त बनाउन विभिन्न स्थानका संस्थाहरुलाई किनिरहेको छ। संस्थाको यो तेस्रो मर्जर हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।