काठमाडौं–बलात्कारका घटनाबारे छलफल गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा महिला सांसद एकै ठाउँमा भेला भएका छन्।
पछिल्लो समय महिला र बालिकामाथि बलात्कारका घटना बढिरहेकाले त्यसबारे साझा धारणा तय गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै पार्टीका महिला सांसदहरुबीच छलफल भइरहेको नेकपाकी सांसद विन्दा पाण्डेले जानकारी दिइन्।
पूर्वमाओवादीके संसदीय दलको कार्यालयमा छलफल भइरहेको पाण्डेले बताइन। छलफलपछि प्राप्त नतिजालाई गृहमन्त्री, सभामुख र सरकारलाई बुझाउने उनीहरुको तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।