काठमाडौं–नेपाली कांग्रेसका सांसद एवं लिटिल एन्जेल्स स्कुलका संस्थापक उमेश श्रेष्ठलाई कोरोना पुष्टि भएको छ।
उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पुष्टि भएको जानकारी सार्वजनिक गरेका हुन्। शनिबार गरिएको परीक्षणको प्राप्त रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीटरमार्फत् जानकारी दिएका छन्।
‘अहिले म होम आइसोलेसनमा बसेको छु’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ। मसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहनुभएका सबैले आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु।’
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार समिति’का सहसंयोजक रहेका उनी प्रतिनिधि सभामा सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।