काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) नेता नवराज त्रिपाठीसहित ६ जना पक्राउ परेका छन्। सोमबार बिहान चिनियाँ राजदूतावासमा विरोध प्रदर्शन गर्ने नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्लेलगायत ५० जना पुगेका थिए।
ती मध्ये ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले 'चिनियाँ हस्तक्षेप बन्द गर', 'सीमा मिच्न पाइँदैन' भन्दै नेपालस्थित चिनियाँ दूतावासमा प्रदर्शन गरेका हुन्। त्रिपाठी 'चिनौं सिमाना, जोगाऔं' माटो अभियानका संयोजकसमेत हुन्।
पक्राउ पर्नेहरुमा प्रनिल तामाङ, सुबोध ओली, अर्बत खड्का, दीपेन्द्र खड्का पक्राउ परेको उक्त अभियानमा संलग्न मनिष सिम्खडाले जानकारी दिए।
उक्त अभियान अन्तर्गत नै देशैभरीका विद्यालयहरुमा लिपुलेक, लिम्पयाधुरा लगायतका मिचिएका भूमि समेत समेटिएको नेपालको नक्सा बनाउन सिकाउने र त्यससँग सम्बन्धित ऐतिहासिक तथ्यहरुबारे सूचित गराउने महिनौं लामो अभियान सञ्चालन पनि गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।