काठमाडौं–चितवनमा सशस्त्र प्रहरी बलका २ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएका छन्।
चितवनको माडी नगरपालिका १ गर्दिस्थित केदारेश्वर प्रावि र सोही नगरपालिका ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा बिओपी स्थापना गरिएका हुन्। मर्ज भएपछि खाली रहेका विद्यालयमा ती बिओपी स्थापना गरिएका हुन्।
असोज ११ गते सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बिओपी उद्घाटन गरेका हुन्। दुवै बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएका छन्।
बिओपी स्थापनासँगै चितवनको सीमावर्ती क्षेत्रमा सुरक्षा महसुस गरेको स्थानीयले बताएका छ्न्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।