बारा- बाराको जितपुरमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका-१० का तीर्थमान स्याङ्तान, उनकी पत्नी ज्योती स्याङ्तान र १ वर्षीय छोरा अहान रहेको बाराका एसपी कृष्ण पङ्गेनीले जानकारी दिए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा-१ दुधौरामा ख ७२४२ नम्बरको बसले प्रदेश २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो।
दुर्घटनापछि बसका चालक भने फरार भएको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।