• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १, २०८३ Mon, Aug 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

बिना पारिश्रमिक फर्कन बाध्य विदेश गएका नेपाली श्रमिक, सरकार भन्छ- अवस्था खासै जटिल छैन

64x64
निर्मला घिमिरे आइतबार, असोज ११, २०७७  १८:४३
1140x725
विदेशबाट फर्किएका नेपाली श्रमिक त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर

काठमाडौं- सोममाया तामाङ रोजगारीका लागि कुवेत पुगेको ४ वर्ष भएको थियो। २ वर्षको करार अवधि सकिएपछि अवैध रुपमा रहँदै आएकी तामाङको काम ठिकै चलिरहेको थियो। त्यसबीच कोरोना महामारीका कारण काम बन्द भयो। ८ महिनाको पारिश्रमिक नदिई कम्पनीले उनलाई स्वदेश पठाइदियो।

म्यानपावर कम्पनीलाई २ लाख ५० हजार बुझाएर इजिप्ट पुगेकी मनमाया तामाङको भनेजस्तो काम पनि थिएन। रोजगारदाताले पारिश्रमिक पनि समयमा नदिँदा उनी निकै ठूलो समस्यामा गुज्रिइरहेकी थिइन्। समस्याका बाबजुद पनि विदेश जाँदा लागेको ऋण सम्झिएर उनी काममा खटिइरहेकी थिइन्। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण उनको रोजगारी पनि संकटमा पर्‍यो। तिमी आफ्नै देश फर्क टिकट भइसक्यो भनेर कम्पनीले उनलाई उडान मितिको अघिल्लो दिन मात्रै जानकारी दियो। ६ महिनाको पारिश्रमिक नदिई उनी स्वदेश फर्किइन्।

त्यस्तै रोजगारीका लागि युएई पुगेका दिलबहादुर विश्वकर्मा स्वदेश फर्किएको १५ दिन भयो। उनी रोजगारीका लागि युएई पुगेको ४ महिनामा नै कम्पनीले २ महिनाको पारिश्रमिकमात्रै दिएर स्वदेश फर्काइदिएको थियो। 

‘सप्लाई कम्पनी रहेछ। भनेजति तलब पनि भएन। ४ महिना काम गरियो। २ महिनाको पनि बल्लतल्ल दियो। बाँकी नदिई पठायो,’ उनले सुनाए। 

सोममाया, मनमाया र दिलबहादुरजस्ता वैदेशिक रोजगारीका लागि गएका हजारौँको संख्यामा नेपाली श्रमिकहरु काम गरेको पूरा अवधिको पारिश्रमिक नपाई स्वदेश फर्कन बाध्य छन्। 

साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सिलर जीवन राई साउदीमा पनि केही नेपाली श्रमिकहरु पारिश्रमिक नपाई स्वदेश फर्कन बाध्य भएको बताउँछन्।

दूतावासमा लिखित रुपमा उजुरी नपरे पनि श्रमिकहरुले फोनमार्फत यस्ता समस्याहरु सुनाउने गरेको श्रम काउन्सिलर राईको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

‘रोजगारदाताहरुले नेपाल फर्कने अघिल्लो दिनमात्रै श्रमिकहरुलाई टिकट काटिसकेको भनेर जानकारी दिने गरेका घटनाहरु पनि छन्।

जसले गर्दा श्रमिकहरु पूरा पारिश्रमिक लिन नपाई स्वदेश फर्कनुपरेको अबस्था छ’ उनी भन्छन्।

स्वदेश फर्कन उडान संख्या कम हुँदा पनि समस्यामा परेकाहरुका लागि लामो समयसम्म स्वदेश फर्कन पालो नआउने समस्या समेत रहेको उनले बताए। 

जसका कारण 'ओभर स्टे' हुने र निकै चर्को जरिवाना तिर्न बाध्यहुनुपर्ने अवस्था रहेको श्रम काउन्सिलर राईले जानकारी दिए। 

‘एक्जिट भिसा लगाएपछि ६० दिनभन्दा बढी समय बस्न पाइँदैन। त्यो समयमा स्वदेश फर्किएन भने १ हजार रियाल अर्थात करिब ३१ हजार जरिवाना तिर्नुपर्छ,’ श्रम काउन्सिलर राईले भने। 

एकातिर महँगो जहाज भाडा त अर्कोतिर जरिवाना तिनुपर्ने अवस्था समेत रहेका कारण कोरोनाको चपेटामा परेका श्रमिकहरु थप मर्कामा परेको उनको भनाइ छ। 

युएईस्थित नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापा कोरोना महामारीका कारण नेपालीमात्रै नभएर सबै आप्रवासी श्रमिक आफूले श्रम गरेको पूरा समयको पारिश्रमिक नपाई स्वदेश फर्कनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोे बताउँछिन्। 

‘लामो समयसम्म अन्तराष्ट्रिय उडान ठप्प हुँदा ठूलाठूला कम्पनीहरुले नै बिना काम हामी कामदारलाई पालेर राख्न सक्दैनौँ भनेर दूतावासमा दबाब दिन थालेका थिए। केही कम्पनीहरुको अवस्था त नाजुक पनि थियो। उनीहरु आफैँ बन्द हुने अबस्था सिर्जना भएपछि श्रमिकहरु समस्यामा पर्नुभयो,’ उनले भनिन्। 

यस्ता कतिपय समस्याहरु समाधानका लागि दूतावासले सक्दो पहल गरेको श्रम काउन्सिलर थापाको भनाइ छ।

लकडाउनका कारण स्वदेश फर्कन नपाएका श्रमिकहरुले महंगो जरिवाना तिर्न बाध्य हुँदा पनि समस्या निम्तिएको उनले बताइन्। त्यस्तै जहाज भाडा महंगो भएका कारण पनि आप्रवासी नेपाली श्रमिकहरु मारमा परेको श्रम काउन्सिलर थापाले जानकारी दिइन्। 

श्रमिकको हक सुनिश्चितताका लागि तीन पक्ष जिम्मेवार हुनुपर्छ : कानुनविद् लुइँटेल
सामान्य अवस्थामा समेत बिना पारिश्रमिक स्वदेश फर्कन बाध्य हुनुपर्ने नेपाली श्रमिकहरुले आफूले काम गरेको पूरा अवधिको पारिश्रमिक नपाई फर्कनुपर्ने बाध्यात्मक अवस्था बढेको श्रम कानुनविद् सोम लुइँटेल बताउँछन्। 

भाषा तथा न्यायिक निकायसम्म पहुँचको अभावमा सामान्य अवस्थामा नै पारिश्रमिक बिना स्वदेश फर्कन बाध्य नेपाली श्रमिकहरुको दयनीय अवस्था कोरोना महामारीका कारण झनै बढेको कानुनविद् लुइँटेलको भनाइ छ। 

‘यस्तो अवस्थामा आप्रवासी श्रमिकहरुको हकअधिकार सुनिश्चितताका लागि ३ पक्ष (रोजगारदाता, गन्तव्य मुलुक तथा अन्तराष्ट्रिय निकाय) जिम्मेवारी हुनुपर्छ,’ कानुनविद् लुइँटेलले भने। 

गन्तव्य मुलुकबाट काम गरेको अवधिको पारिश्रमिक नपाई फर्किएका श्रमिकहरुले स्वदेश फर्किएर पनि कानुनी उपचारका लागि प्रकृया अगाडी बढाउन सक्ने उनले जानकारी दिए। 

अवस्था खासै जटिल छैन : हरिशचन्द्र घिमिरे‚ सहसचिव परराष्ट्र मन्त्रालय 
महामारीका समयमा विभिन्न मुलुकमा रहेका नेपालीहरुमा कुनै पनि समस्या आउन नदिन सरकारले उच्चतहबाट कुटनीतिक पहल गरेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे बताउँछन्। 

‘हामीले नेपाली श्रमिकहरुको जीवन रक्षा र रोजगारीको सुरक्षामा जोड दिएका थियौँ। प्रधानमन्त्रीज्यू र परराष्ट्र मन्त्रीज्यूले पनि सम्बन्धित गन्तव्य मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग कुरा गरेका थियौँ। त्यसले गर्दा पनि जति आंकलन गरिएको थियो। त्योभन्दा समस्याहरु कम नै देखा परेका छन्,’ सहसचिव घिमिरेले भने। 

काउन्सिलर विभागबाट बुझ्दा पनि अरु सामान्य अवस्थाको जस्तै उजुरीहरु मात्रै आइरहेकाले खासै जटिल अवस्था नभएको सहसचिव घिमिरेले दाबी गरे। 

‘रेमिट्यान्स जुन अवस्थामा घट्छ भन्ने अनुमान गरिएको थियो। तर रेमिट्यान्स अपेक्षा गरेभन्दा बढ्यो यसले पनि समस्या खासै जटिल छैन भन्ने अनुमान गर्न सकिन्छ,’ उनले भने।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पूर्वनिर्धारित कार्यक्रमअनुसार कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने काम र... आइतबार, साउन ३१, २०८३
साउदीको सीप प्रमाणीकरण कार्यक्रम स्थगित काठमाडौंस्थित साउदी दूतावासले सूचना टाँसेर सीप परीक्षण कार्यक्रम सुरू गरेको जनाएको थियो । दूतावासले सीप परीक्षण पास भएको प्रमाणपत्र... बुधबार, असार ३, २०८३
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
ताजा समाचारसबै
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स आठौं स्थानमा, झन्डै दुई करोड पुरस्कार जित्यो आइतबार, साउन ३१, २०८३
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय आइतबार, साउन ३१, २०८३
विपद् प्रभावित क्षेत्रमा उद्धारमा खटिन जनप्रतिनिधि र कार्यकर्तालाई कांग्रेसको निर्देशन आइतबार, साउन ३१, २०८३
झापामा १३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ आइतबार, साउन ३१, २०८३
भोलिदेखि सबै म्यानपावर कम्पनी बन्द गर्ने व्यवसायीको घोषणा, श्रमिक पठाउन पनि रोक्ने तयारी आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्