नयाँदिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ। साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ।
मन्त्रालयका अनुसार ९ लाख ५६ हजार ४०२ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ४९ हजार ४१ हजार ६२८ जना निको भएका छन्। कोरोनाभाइरसबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ। यहाँ २ लाख ६९ हजार ५३५ जना संक्रमित अवस्थामा छन् भने कर्नाटक राज्यमा एक लाख १ हजार ८०१ जना, आन्ध्र प्रदेशमा ६५ हजार ७९४ जना, उत्तर प्रदेशमा ५७ हजार ८६ तथा तमिलनाडू राज्यमा ४६ हजार ३३६ जनामा संक्रमण सक्रिय अवस्थामा रहेको छ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार सेप्टेम्बर २६ सम्ममा देशभर ७ करोड १२ लाख ५७ हजार परीक्षण भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।