काठमाडौं–कोभिड–१९ का कारण नाफा घटेको युनिलिभर नेपालले एक दशक यताकै कम लाभांस घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १०० प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ।
कम्पनीको १६१ औ सञ्चाक समितिको बैठकले उक्त लाभांस प्रस्ताव गरेको हो। कम्पनीले गत वर्ष ७७० प्रतिशत नगद लाभांस दिएको थियो। कम्पनीले यसअगाडि सबैभन्दा धेरै आर्थिक वर्ष २०७३र२०७४ मा १२७० प्रतिशत नगद लाभांस दिएको थियो।
केही वर्षदेखि कम्पनीको नाफामा गिरावट हुँदै आएको थियो। तर गत वर्ष कोभिडका कारण नाफामा भारी गिरावट आएको हो। गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। उक्त नाफाका आधारमा कम्पनीको प्रतिशेयर आम्दानी १५० रुपैयाँ थियो। कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।