एजेन्सी–अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ७० लाख ७६ हजार ८ सय २८ पुगेको हो। अमेरिकामा हालसम्म कोरोना संक्रमणबाट २ लाख ४ हजार ४ सय ८० जनाको मृत्यु भइसकेको छ।
कोरोनाबाट दोस्रो बढी प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ५९ लाख ३ हजार ९ सय ३२ पुगेको छ भने ९३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ। ब्राजिलमा ४६ लाख ८९ हजार ६ सय १३ संक्रमित र १ लाख ४० हजार ५ सय ३७ जनाको मृत्यु, रुसमा ११ लाख ३८ हजार ५ सय ९ जना संक्रमित र २० हजार १ सय ४० को मृत्यु र मेक्सिकोमा ७ लाख २० हजार ८ सय ५८ संक्रमित र ७३ हजार ८ सय ४४ को मृत्यु भएको छ।
विश्वमा हाल कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख ९ हजार ३ सय ६ पुगेको छ भने ९ लाख ९१ हजार ६ सय ४४ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।