• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिमा महराको 'दोस्रो इनिङ'को योजना, होलान् त सफल?

64x64
वीरेन्द्र ओली शुक्रबार, असोज ९, २०७७  २१:३२
1140x725

काठमाडौं- राजनीतिक ‘करिअर’को पुष्पित–पल्वित मोडमा पुगेका तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुराचारको संगीन आरोपमा कानुनी सफाइ पाएपछि पुनः राजनीतिमा सक्रियता खोज्दैछन्। पूर्वमाओवादी वृत्तका उच्च नेता महराले पछिल्ला दिनमा आफ्ना लागि अनुकूल वातावरण बनाउन आफ्ना शुभेच्छुक र सहयोगीहरुसँग भेटघाट र वार्ता मात्र गरिरहेका छैनन्, आफू राजनीतिक घेरामा दह्रोसँग उभिने अनि पार्टीमा लय पक्डने रणनीति पनि बनाइरहेका छन्।

तत्कालीन माओवादीबाट मूलधारमा आइपुगेका कतिपय प्रभावशाली नेताहरुका पनि राजनीतिक गुरु महराको ‘दोस्रो इनिङ’को सम्भावनाबारे पार्टीभित्रै मत–मतान्तरहरु छन्। वामपन्थी राजनीतिलाई नजिकबाट हेरिरहेका विश्लेषकहरु पनि महराको पुनर्उदयबारे ‘यस्तै हुनसक्छ’ भनेर अनुमान गर्न सक्दैनन्। कतिपयले उनको यो चाहना र योजना राजनीतिक निष्ठा र मूल्यसँग जोडेर हेर्नुपर्ने तर्क समेत गर्छन्।

संवैधानिक प्रमुख पदको कुर्सीमा रहँदारहँदै एकाएक अवनत भएका महरा अब फेरि राजनीतिक राजमार्गमा उस्तै र उही गतिमा दौडन सक्लान् त? हामीले महराको अभिष्ट र योजनाको सम्भाव्यता लेखाजोखाको जमर्को गरेका छौं।

महराका लागि एउटा सुखद पक्ष के हो भने, विगत झण्डै तीन वर्षदेखि भूमिकाविहीन उनलाई पार्टीमा जिम्मेवारी दिएर फर्काउन कतिपय नेताहरु तयार छन्। पूर्वमाओवादी नेताहरुको एकप्रकारको सहानुभूति उनीप्रति देखिएको छ। दलभित्र यसको चर्चा पनि सुरु भएको छ। ‘यो बीचमा उनले भोगेको आरोप, संघर्ष र अदालती सफाइलाई केन्द्रमा राखेर उनीबारे चिन्ता र चर्चा सुरु हुनु महरा सरको हकमा राम्रो कुरा हो’, नेकपाका एक केन्द्रीय सदस्यले भने, ‘महरा सरको पुनः सक्रिय हुने योजना कुनै षड्यन्त्रको दाउपेचमा परेन भने सफल हुने देखिन्छ।’

उनका अनुसार पार्टी एकताका बाँकी काम असोजभित्रै टुंगो लगाउने निर्णय भएकाले महराको जिम्मेवारी समेत यही समयसीमामा टुंगो लाग्नेछ। यदि महराले राजनीतिक जिम्मेवारी पाए भने उनी कात्तिक १५ देखि १७ गतेसम्म हुने केन्द्रीय कमिटीमा सहभागी हुनेछन्।

महरालाई पार्टीमा जिम्मेवारी दिएर राजनीतिमा फर्काउने विषयमा छलफल चलिरहेको पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि स्वीकार्छन्। ‘उहाँ (महरा)लाई अदालतले सफाइ दिसकेको छ। उहाँ सभामुख हुनुभन्दा पहिले पार्टीको शीर्ष नेतामा नै हुनुहुन्थ्यो’, नेता खनालले नेपाल लाइभसँग कुरा गर्दै भने, ‘यस अघिकै पार्टीको हैसियमा फर्किएर महरा कमरेड राजनीतिमा फर्किनुहुन्छ। यसबारे छलफल पनि भइरहेको छ।’

सभामुख भएको २ वर्ष पुग्दा नपुग्दै संसद सचिवालयमा कार्यरत कर्मचारीलमाथि यौन दुराचारको आरोप लागेपछि १४ असोज ०७६ मा महराले सभामुखबाट राजीनामा दिएका थिए। पार्टी राजनीतिबाट झण्डै तीन वर्ष अलग्गिएका महरालाई फेरि यस अघिकै राजनीतिक हैसितमा स्थान दिए पनि पुरानै ओजमा पुग्ने सम्भावना न्यून देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारमा धेरै जाने नेता त्यसमा पनि एकपछि अर्को विवादमा फसेकाले महरालाई पुरानै अवस्थामा पुग्न कठिन हुने धारणा उनको छ। ‘महराजी पार्टीको शीर्ष नेतामध्येमा पर्नुहुन्छ। उहाँलाई यौन दुराचारको आरोप लागे पनि अदालतबाट सफाइ पाइसक्नु भयो,' पोखरेलले भने, ‘नेपाली समाज अत्यन्तै नकारात्मक प्रवृत्तिबाट हुर्किएको छ। यस्तो आरोप लागेको व्यक्तिलाई जिम्मेवारी दिन थाल्यो कि आलोचना सुरु भइहाल्छ।’

नेकपामा त्यसमा पनि माओवादीमा महराले पढाएका वा राजनीतिकबाट प्रशिक्षित भएका धेरै नेता छन्। ती नेताहरुमा महराप्रति सम्मान घटेको छ कि उस्तै छ त्यसले पनि अबको अवस्था निर्धारण गर्ने तर्क विश्लेषक पोखरेलको छ। ‘पार्टीमा शक्ति सन्तुलन र समन्वय कुन ढंगमा अघि बढ्ला भन्नेले पनि अर्थ राख्ला’, पोखरेलले भने, ‘यदि महराले आफूलाई थप शक्तिशाली बनाउँदै लगे फेरि पुरानै अवस्थामा पुग्ने ठाउँ पनि छ।’

‘महरा सर’ सक्रिय राजनीतिमा फर्किए पनि कुनै फरक नपर्ने पूर्व सभामुख ओनसरी घर्ती बताउँछिन्। ‘उहाँ(महरा)ले यौन दुराचारको आरोप लागे लगतै नैतिकताका आधारमा सभामुखबाट राजीनामा दिनुभयो। उहाँलाई अदालतले सफाइ दिइसकेको छ’, घर्तीले भनिन्, ‘फेरि उहाँलाई पटक पटक राजनीतिक सजाय दिनु राम्रो हुँदैन। उहाँ आफैं राजनीतिमा फर्किने सोच बनाउनु भएको छ। त्यसको लागि वातावरण बनाउँछौ।’

त्यस्तै अर्का केन्द्रीय सदस्य निर्मल आर्चायले जीवनमा धेरै उतारचढाव भए पनि ‘महरा सर’ राजनीतिमा सक्रिय भए तात्विक रुपमा खासै फरक नपर्ने दाबी गरे। ‘उहाँलाई जुन आरोप लाग्यो, त्यसमा अदालतबाट सफाइ पाइसक्नुभयो। उहाँले देश र जनतालाई कति योग्दान गर्नुभयो। त्यो जगजाहेर नै छ’, आचार्यले भने, ‘फेरि पनि त्यही पुरानै विषयलाई उछालेर बदनाम गर्नु उचित हुँदैन। यस्तो गरेर स्वयं उहाँलाई अन्याय हुन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रचण्डसँग चित्त दुखाई
माओवादी पार्टीमा गुटबन्दीको चर्को पेलानले अन्तरद्वन्द्व चर्किँदा सहजीकरण गर्ने नेतामा पर्थे, महरा। सदाबहार अध्यक्ष प्रचण्डसँगै भए पनि सबैसँग समन्वय गरेर उनले पार्टीभित्रको द्वन्द्वमा सहजीकरण गर्दै आएका थिए। महराको कम बोल्ने मिजासिलो स्वाभाव भएकाले हत्तपत्त अरु नेतालाई चिढ्याउँदैनन्। तर पार्टीभित्रको चर्को गुटबन्दीमा उनको साथ निरन्तर प्रचण्डलाई नै रह्यो।

त्यति मात्रै होइन, प्रचण्डको राजनीति, आर्थिक र कूटनीतिक साँचो आफैंले सम्हालेर साथ दिए। जब महरालाई सभामुख पदमा हुँदा नै यौन दुराचार जस्तो गम्भीर आरोप लाग्यो, त्यसपछि महरा अत्यन्तै ठूलो संकटमा परेका थिए। त्यति बेला महराले प्रचण्डको दरिलो साथ खोजेका थिए। आफूलाई कतै न कतै साथ दिएर आफ्नो व्यक्तित्व जोगाई दिन्छन् कि भन्ने उनलाई लागेको थियो।

तर प्रचण्डले उल्टै एक सार्वजनिक कार्यक्रममा महरा बचाउ नगरी उल्टै गम्भीर गल्ती गरेकाले अदालतले निष्पक्ष छानबिन गर्नुपर्ने अभिव्यक्ति दिए। आपराधिक खालको गल्ती नगरेको बताउँदै प्रचण्डले नैतिकता वा आचारसँग सम्बन्धित गम्भीर गल्ती गरेको ठाकुवा गरे। महरालाई आफूले प्रत्यक्ष गएर भेटेर सोधपुछ गरे पनि आफूलाई सही कुरा नगरेर ढाँटेको प्रचण्डले गुनासो गरे।

प्रचण्डले आफ्नो प्रतिरक्षामा केही नबोलेको र प्रधानमन्त्री केपी ओलीसँग कुनै समन्वय नगरेको विषयमा महराले निक्कै चित्त दुखाएका थिए। यदि प्रचण्डले गम्भीर छलफल गरी प्रधानमन्त्रीसँग परामर्श गरेको भए पूर्पक्षका लागि डिल्लीबजार कारागार जानु नपर्ने अवस्था आउने महराको आकलन छ। त्यो चिसो अनभूति महराको मनबाट अझै मेटिएको छैन।

सफाइ पाए लगत्तै किन पार्टीमा जोडिएनन् महरा?
महराले जिल्ला अदालत काठमाडौंबाट ५ फागुन ०७६ मा सफाइ पाए लगत्तै संसद भवन छिरेनन्। पार्टीमा आफूलाई यो वा त्यो कुनै जिम्मेवारी चाहियो भनेर मागेनन्। उनी आफ्नो आरोप खण्डन गर्न फागुन १२ गते आफ्नो निर्वाचन क्षेत्र दाङ र लगतै आफ्नो जन्मघर रोल्पा पुगे। रोल्पा नगरपालिका मेवाङमा रहेको आफ्नो घरलाई सफासुग्घर गर्न लगाएर केही दिन त्यहीँ आराम गरे।

आफ्नो निर्वाचन क्षेत्र दाङ जाने क्रममा महरालाई भालुवाङ, सिसहनिया र लमहीलगायत क्षेत्रमा स्वागत गरियो। उनको निर्वाचन क्षेत्र दाङ घोराहीमा नागरिक अभिन्दन गर्दै महराले एमसिसी संसदबाट रोके बापत् आफूलाई षड्यन्त्रपूर्वक फसाइएको बताए। त्यति मात्रै होइन, दाङको घोराही नारायणपुर, देउखुरीका लहमी, गढवा लगायत विभिन्न क्षेत्रका कार्यक्रममा सहभागी भई आफूलाई फसाइएकोमा अदालतले न्याय गरेपछि उन्मुक्ति पाएको अभिव्यक्ति दिए।

त्यतिबेला उनले दाङ जिल्लामा रहेका पुराना कम्युनिस्ट नेतालाई घरमै गई भेटघाटसमेत गरे। फागुन २० गते प्यूठान हुँदै आफ्नो जन्मथलो रोल्पा पुगेका महरालाई लिवाङमा झाँकी सहित स्वागत गरियो। महराले माडी, परिवर्तन, सुन्छहरी, थवाङ, खुँग्री, सुलिचौर लगायत रोल्पाका धेरै क्षेत्रमा आयोजित स्वागत कार्यक्रममा आफूलाई षडयन्त्रपूर्वक फसाएको भन्दै बचाउ गरे। धमिलिँदै गएको छविलाई उकास्न महराले आफ्ना निर्वाचन क्षेत्र र जन्मथलो भ्रमणलाई सदुपयोग गरे।

अदालतबाट सफाई पाए पनि आफूमा लागेको दाग मेटाएर मात्रै राजनीतिमा जोडिने सोच बनाएको हुन सक्ने पूर्वमाओवादी नेताहरू बताउँछन्। तत्कालै पार्टीमा जिम्मेवारी लिएर बस्दा आलोचना धेरै हुने भएकाले विस्तारै पार्टीमा 'कमब्याक' हुने योजना बनाएको हुन सक्ने विश्लेषण गरिएको छ।

महरा कमब्याक हुने राजनीतिका विषयमा पूर्वसभामुख ओन्सरी घर्तीले अदालतबाट सफाइ पाइसकेकाले विस्तारै राजनीतिमा जोडिने बताइन्। ‘उहाँ (महरा) आफैंले विस्तारै पार्टीमा जोडिउँला के भयो र भन्नुभयो’, घर्तीले भनिन्, ‘पार्टीका अध्यक्षले भन्दा पनि उहाँ आफैंले इच्छा नदेखाएकाले पार्टीमा जोडिन ढिला भएको हो।’

महरा पार्टीमा जोडिने विषयमा छलफल भई रहेकाले ढिलोचाँडो पार्टीमा जोडिने घर्तीले बताइन्।

सत्तामा निरन्तर महरा
महरा माओवादीले जनयुद्ध सुरु गर्नुअगावै सांसद भइसकेका थिए। २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट उनी रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। त्यतिबेला संयुक्त जनमोर्चाबाट ९ जनाले निर्वाचनमा जितेको थिए। निर्वाचनलाई उपयोग गर्ने पार्टीको नीति बमोजिम महरा पनि निर्वाचन लडेका थिए।

माओवादीले ०५२ साल फागुन १ गतेदेखि दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेपछि महरा पनि भूमिगत भए। जनयुद्ध अन्त्य गर्दै शान्तिपूर्ण राजनीतिमा आएपछि तत्कालीन प्रधानमन्त्री गिरिराजप्रसाद कोइराला नेतृत्वको अन्तिरिम सरकारमा उनी सूचना तथा सञ्चार मन्त्री बने।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा महरा रोल्पा र दाङ गरी दुई ठाउँबाट निर्वाचित भए।  पछि उनले रोल्पा छाडे र दाङ क्षेत्र नम्बर ३ लाई आफ्नो निर्वाचन क्षेत्र बनाए। २०६५ सालमा प्रचण्ड प्रधानमन्त्री हुँदा उनले फेरि सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

झलनाथ खनाल नेतृत्वको सरकार बनेपछि ०६७ सालमा उनी फेरि उपप्रधान सहित सूचना तथा सञ्चार मन्त्री भए। खनालकै सरकार पुनर्गठन गर्नेक्रममा उपप्रधान सहित गृह मन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाए।

२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचन उनी रोल्पा १ बाट निर्वाचित भए।

२०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा महरा उपप्रधान सहित अर्थ मन्त्री बने। लगतै ०७४ जेठमा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधान सहित परराष्ट्र मन्त्री बने। एमाले माओवादी गठनबन्धन बनेपछि देउवा सरकारमा उनी उप्रधान सहित बिना विभागीय मन्त्री बनाइए।

०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा दाङ २ बाट निर्वाचित भएपछि उनी सभामुख बने।

तत्कालीन माओवादीमा सबैभन्दा धेरै लाभको पद पाउने नेतामा महरा अग्रस्थानमा आउँछन्। सुरुसुरुमा पार्टीमा अत्यन्तै सम्मानीत महरा निरन्तर सत्ता र शक्तिका वरिपरि घुम्न थालेपछि सम्मान घट्दै गएको विश्लेषण पनि हुने गर्छ। प्रचण्डले महराले जुन पद माग्यो, त्यही दिन थालेपछि पार्टीमा अरु नेता समेत महराको विपक्षमा उभिन थालेका थिए।

शिक्षक हुँदै भूमिगत राजनीतिमा महरा
१७ असार ०१६ साल रोल्पाको लिवाङको मेवाङमा जन्मिएका महराले रोल्पाकै बालकल्याण माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्र्तिण गरे। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएसी गरेका महराले पृथ्वीनारायण बहुमुखी क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातक गरे। आफूले अध्ययन गरेकै विद्यालयमा अध्यापन गराउँदै शिक्षक राजनीतिमा जोडिए। ०३५ सालदेखि नै विद्यार्थी राजनीतिक आन्दोलनमा जोडिएका महराले ०३६ देखि ०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाका सचिवको जिम्मेवारी सम्हालेका थिए। ०३७ सालमा मात्रै चौमबाट पार्टी सदस्यता लिएका महरा ०३९ देखि ०४१ सालम्म अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष भए।

उनी ०४८ साल मशालको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए। ०५० सालमा तत्कालीन एकता केन्द्रको क्षेत्रीय संगठन समितिको सदस्य भएका महरा ०५१ सालमा माओवादी पश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बने।

जनयुद्धमा सपरिवार सहभागी गराएका महरा ०५३ साल असारमा मात्रै माओवादीको केन्द्रीय सदस्य भए। ०५५ सालमा पोलिटब्यूरो सदस्य भएका महरा ०६२ सालमा मात्रै स्थायी कमिटी सदस्य बनेका थिए।

०६९ सालमा मोहन वैद्य किरणले पार्टी विभाजन गरेपछि ०७१ मा पार्टी महासचिव भए। तत्कालीन एमाले माओवादी एकता हुनुअघि माओवादी हेडक्वाटर सदस्य थिए।

उनले तत्कालीन माओवादी सरकारबीच भएका पटक पटक वार्ता टोलीको संयोजक भएर जिम्मेवारी निर्वाह गरेका थिए।

तत्कालीन नेकपा माओवादी पार्टीमा सबैले सम्मान गर्ने नाम हो, कृष्णबहादुर महरा अर्थात् ‘महरा सर’। पार्टीमा अरु धेरै नेता कार्यकर्तालाई कमरेड भनेर सम्बोधन गर्दा पनि उनलाई धेरैले ‘महरा सर’ भनेर सम्बोधन गर्थे। जनयुद्धमा महराले नै अध्यापन गराएका विद्यार्थीहरुकै हालीमुहाली थियो। तर पार्टीभित्र ‘महरा सर’ भनेर सम्बोधनले सम्मानित भइरहे।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट आइएसी गरेका महराले आफूले एसएलसी उत्र्तिण गरेको रोल्पाको लिवाङ स्थित बालकल्याण नमुना माध्यमिक विद्यालयमा गणित र विज्ञान पढाउँथे। त्यससँगै उनी विद्यार्थीलाई माक्र्सवादी राजनीतिका सूत्र समेत पढाउँथे। यसरी उनको शिक्षण पेशासँगै राजनीतिक प्रशिक्षणको छत्रछायामा हुर्कन थाले, अहिलेका उर्जा मन्त्री वर्षमान पुन, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी ‘सोनाम’, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पूर्व सभामुख ओनसरी घर्ती। 

महराले बालकल्याण विद्यालयमा १२ वर्षसम्म अध्यापन गराएका धेरैजसो नेताहरु अहिले राष्ट्रिय राजनीति र जिल्लास्तरको राजनीतिमा सक्रिय छन्।

यसरी सम्मानित नेता महरा संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई यौन जस्तो दुराचारको आरोप लागेपछि राजनीतिक करिअरको दोसाँधमा आइपुगेका छन्।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  २१:३२
  • #महरा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्