काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १ प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
आज कोशी, कर्णाली,महाकाली, पश्चिम राप्ती, बबई, कन्काईमा बहाव घट्दो र सतर्कता तलै भए पनि नारायणी, कमला, बागमती र तिनाउमा बहाव केही घटबढ हुने र सतर्कता आसपास हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, आज प्रदेश १ र प्रदेश २ को चुरे तराईबाट बहने साना नदीमा आकस्मिक बहाव हुनसक्ने पनि जनाइएको छ।
यस्तो छ ३ दिनको बाढी पूर्वानुमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।