एजेन्सी–विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ९ लाख ८० हजार नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेहरुको संख्या ९ लाख ८० हजार २ सय ९९ पुगेको हो। हाल विश्वभर संक्रमितको संख्या ३ करोड २० लाख ९१ हजार २ सय ५७ पुगेको छ भने २ करोड २१ लाख १० हजार ४ सय ९ जना निको भएका छन्।
सबैभन्दा धेरै मृत्यु अमेरिकामा २ लाख २ हजार ७ सय २८ जनाको भएको छ। ब्राजिलमा १ लाख ३८ हजार ९ सय ७७, भारतमा ९१ हजार १ सय ४९, मेक्सिकोमा ७४ हजार ९ सय ४९, बेलायतमा ४१ हजार ९ सय ९१ र इटालीमा ३५ हजार ७ सय ८१ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा ३१ हजार ८ सय ७०, फ्रान्समा ३१ हजार ५ सय २४, स्पेमा ३१ हजार १सय १८ र इरानमा २५ हजार १५ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्याका हिसाबले पनि अमेरिका नै अगाडि छ। त्यहाँ ६९ लाख ७४ हजार ४ सय ४१ जना संक्रमित भएका छन्। यस्तै, भारतमा ५७ लाख ३२ हजार ५ सय १८ र ब्राजिलमा ४६ लाख २४ हजार ८ सय ८५ जना संक्रमित भएको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।