काठमाडौं- यस साता शेयर बजार १० अंकले करेक्सन भएको छ। साताको पहिलो दिन नेप्सेले बजार पूँजीकरणमा अहिलेसम्मको नयाँ रेकर्ड बनाएको थियो। तर सोमबारदेखि बुधबारसम्म लगातार ओरालो झर्यो। यस अवधिमा साताको पहिला दिन र अन्तिम दिनको सुधारले पनि १० अंक नै गिरावट आएको छ।
यस साता १२ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको छ। गत साता १४ अर्ब २८ करोड रुपैयाँको कारोबार भएको छ। यस साता नेपाल बैंकको सबैभन्दा धेरै ७२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ।
साताको अन्तिम दिन शेयर बजार ५.४९ अंकले बढेको छ। सूचक ०.३७ प्रतिशतले बढेर १५६१.२७ अंकमा रोकिएको छ। कारोबार रकम दुई अर्ब २३ करोड रुपैयाँको भएको छ। बिहीबारको सूचकअनुसार बजार पुँजीकरण २० खर्ब ८० अर्ब रुपैयाँको थियो। साताको पहिलो दिन नयाँ रेकर्ड बनाउदा बजार पुँजीकरण २० खर्ब ९० अर्ब रुपैयाँको थियो। यो साता सबैभन्दा धेरै वाणिज्य बैंकमा लगानीकर्ताको आकर्षण देखियो।
गत साता बीमा तथा लघुवित्तको शेयरमा उछाल आए पनि यस साता सस्ता दरका वाणिज्य बैंकमा लगानीकर्ताको सहभागिता बढेको हो। अझै पनि लगानीकर्ता सस्तो मूल्यका जलविद्युत कम्पनीको शेयरमा झुम्मिरहेका छन्। अधिकांश जलविद्युत कम्पनीको शेयर मूल्य आधार मूल्यभन्दा तल छ। यसले गर्दा लगानीकर्ताको आकर्षण देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।