काठमाडौं- राष्ट्रिय स्तरमा स्तरोन्नति हुन नसकेका लघुवित्तले एउटा प्रदेशमा मात्र सेवा दिन पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनअनुसार राष्ट्रिय स्तरमा स्तरोन्नति नभई एक भन्दा बढी प्रदेशमा शाखा खोली संचालन गरिरहेको भएपनि अब भने त्यस्ता शाखा बन्द गर्नुपर्ने भएको हो।
एक भन्दा बढी प्रदेशमा शाखा कार्यालय खोली कारोबार सञ्चालन गरिरहेका माइक्रोफाइनान्सले २०७८ असार मसान्तभित्रमा हटाइसक्नुपर्ने छ। राष्ट्र बैंकले कार्यक्षेत्र बाहेकको प्रदेशमा रहेका शाखा बिक्री, बन्द वा स्थानान्तरण गरी सम्पूर्ण कार्यक्षेत्र एउटै प्रदेशभित्र सीमित गरिसक्न निर्देशन दिएको हो।
राष्ट्रियस्तर बाहेकका संस्थाले एक प्रदेशमा मात्रै काम गर्न पाउने व्यवस्था छ। यदि दुई प्रदेशमा कार्यक्षेत्र छ भने तोकिएको चुक्ता पुँजी पूरा गरी राष्ट्रिय स्तरमा स्तरोन्नति गर्नु पर्ने हुन्छ। राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ६० करोड रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।