काठमाडौं- मौसम प्रतिकुलताका कारण बिहीबारका लागि तय भएको लुक्लाका ७ वटा उडान रद्द भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावरका अनुसार बिहीबार लुक्लाका लागि तय भएको समिटको ४ र तारा एयरको ३ वटा उडान रद्द भएको हो।
यसैगरी नेपाल एयरलाइन्सको काठमाडौं–रुकुम–नेपालगञ्ज उडान पनि रद्द भएको विमानस्थल टावरले जानकारी दिएको छ।
यसबाहेक अन्य गन्तव्यका लागि तय भएको उडान भने अहिलेसम्म भइरहेको विमानस्थल कार्यलयले जनाएको छ।
बिहीबार बुद्धको १७‚ यतीको १० र श्री एयरलाइन्सको २ वटा उडान तालिका तय भएको थियो। जसमा श्रीको २ वटै उडान भइसकेको छ भने यती र बुद्ध एयरको उडान भने भइरहेका विमानस्थल टावरले जनाकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।