काठमाडौं-सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) शैलेन्द्र खनाल २ नम्बर प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कार्यालयहरु तथा सीमा क्षेत्रको निरीक्षण गरी काठमाडौ फर्किएका छन्।
सीमा क्षेत्रमा तैनाथ फौजको वस्तुस्थिति बुझ्नु र मनोबल खस्कन नदिनु निरीक्षणको प्रमुख उद्देश्य रहेको आइजी खनालको सचिवालयले जनाएको छ। महानिरीक्षक खनालले सशस्त्र फौजसँग प्रदेश २ का जिल्लाहरुमा पाँच दिन सँगै बिताएका छन्। जवानको भान्सादेखि त्रिपालसम्म पुगेर खनालले उच्च सतर्कता र मनोबलका साथ जिम्मेवारी पुरा गर्न निर्देशन दिएका थिए।
‘कार्य क्षेत्रमा अनुशासित भएर कार्य गर्नुस्, तपाईंको पिरव्यथा र समस्या बुझ्न आएको छु, अभिभावकले नाताले तपाईंको साथमा म छु’, आइजी खनालले भने। महानिरीक्षक खनालको साथमा एपीएफ अस्पतालका डाक्टर रोशन झासहितको मेडिकल टिमले कर्मचारीहरुलाई स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै फिल्डमै उनीहरुको स्वास्थ्य जाँच र कोरोना संक्रमणबाट बँच्न अपनाउनु पर्ने सावधानीबारे पनि जानकारी गराएको थियो।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।