काठमाडौं–अनसनरत डा गोविन्द केसीलाई कांग्रेस नेता अजुननरसिंह केसीले भेटेका छन्।
केसी अनसन बसेको स्थान त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर नेता केसीले भेटेका हुन्। डा केसीले आफूलाई अपहरणको शैलीमा ट्रमा अस्पताल पुर्याइएको बताएका थिए। कांग्रेस नेता केसीले चिकित्सा क्षेत्र सुधारका लागि राखिएका मागप्रति दृढ समर्थन रहेको बताएका थिए।
डा केसीकाे स्वास्थ्य अवस्था बुझ्न नेता केसीसहित नुवाकोटका कांग्रेस सभापति जगदिश्वर नरसिंह केसी र चिकित्सक संघका पूर्व अध्यक्ष डा केदार नरसिह केसी पनि शिक्षण अस्पताल पुगेका थिए।
डा केसीको १९ औं अनसन बिहीबार ११ औं दिन पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।