काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्न असोज २८ गते साधारणसभा बोलाएको छ। बैंकले सिटि एक्सप्रेसलाई १०० कित्ता बराबर ३० कित्ताको अनुपातमा गाभ्ने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणभाको मिति तय गरेको हो।
त्यस्तै सिटी एक्सप्रेसले पनि असोज २८ गते नै विशेष साधारणसभा डाकेको छ। मर्जको विशेष प्रस्ताव साधारणसभाबाट पारित भएसँगै संयुक्त कारोबारका लागि बाटो खुल्नेछ।
हाल सिटि एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। स्वाप रेसियोका आधारमा फाइनान्सको पुँजी १२ करोड रुपैयाँमा सीमित हुनेछ। मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ करोड रुपैयाँ थप हुनेछ। बैंकको हालको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ छ।
मर्जरको सम्झौता हुनुभन्दा अगाडि फाइनान्सको बजार मूल्य १०१ रुपैयाँ थियो। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ४२१ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।