सांकेतिक तस्बिर
काठमाडौं–जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आगामी ६ घण्टा प्रदेश ५ र गण्डकी प्रदेशका नदी तथा खोलाहरुमा आकस्मिक बहाव हुने भएकाले सतर्क रहन आग्रह गरेको छ।
आज र भोलि नारायणी, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव खतरा आसपास वा माथि हुने महाशाखाले जनाएको छ। यस्तै, कर्णाली, महाकाली, कोशी, कन्काई, कमला र बागमतीमा सतर्कता वा आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा क्रियाकलाप नगर्न महाशाखाले आग्रह गरेको छ।
अहिले देवघाटमा नारायणी नदीमा जलसतह खतराको तहभन्दा माथि रहेको छ भने बिहान खतराको तहभन्दा माथि रहेको तिनाउको जलसतह भने घटेको छ।
बिहीबार, शुक्रबार र शनिबार देशभरका नदीमा बहाव बढ्ने पनि महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।