काठमाडौं–स्याङ्जाको वालिङ नगरपालिका १४ तमादिमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ।
माया परियारको घर पहिरोले पुरिँदा घरमा रहेका नौ जना पुरिएका थिए। एक जनाको जीवितै उद्दार गरिएको छ। सुरक्षाकर्मी र स्थानीयले पुरिएका अन्यको उद्धार गरिरहेको घटनास्थलबाट राजु डुम्रेले जानकारी दिए।
तीन दिनअघिदेखिको अविरल वर्षाले पहिरो जाँदा परियारको घर पुरिएको थियो।
तमादी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री पदमा अर्यालको गृह गाउँ पनि हो।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।