काठमाडौं–अविरल वर्षाका कारण बुटबलस्थित तिनाउ नदी र चितवनको देवघाट र नारायणी पुलमा नारायणी नदीको जलसतहले सतर्कता तह पार गरेको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले तिनाउको जलसतह बिहान ६.२० बजे ५.५९ मिटर मापन गरेको छ। त्यहाँ ५.६ मिटर पुग्नुलाई खतरा तह मानिन्छ। तिनाउ नदी तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने भएकाले होचो स्थानमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ
यस्तै, बिहान ६.१५ बजे नारायणी पुलमा नारायणी नदीको जल सतह ११.१३ मिटर मापन गरिएको छ। त्यहाँ सतर्कता तह ११ मिटरलाई मानिन्छ भने जलसतह बढ्दो क्रममा रहेको छ।
देवघाटमा बिहान ६.२५ बजे जलसतह सतर्कता तह पार गरेर ७.८५ मिटर पुगेको छ। त्यहाँ सतर्कता तह ७.३ मिटरलाई मानिन्छ । महाशाखाले चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहले आज दिनभरि नै उच्च सतर्कता अपानाउन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।