काठमाडौ- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर भइरहेको मनसुनी वर्षा शनिबार बिहानदेखि मात्रै कम हुँदै जान सक्ने प्रक्षेपण गरेको छ। भारतको मध्यप्रदेशको पूर्वी भूभागमा न्यूनचापीय क्षेत्र विकास भएकाले मनसुनी वर्षा थप सक्रिय भएको महाशाखाले जनाएको हो। बिहीबारदेखि मध्य प्रदेशको न्यूनचापीय क्षेत्र पश्चिम-उत्तर सर्दै गएकाले पश्चिम नेपालमा थप वर्षा हुन सक्ने आँकलन गरिएको छ।
मंगलबार र बुधबार जस्तै बिहीबार र शुक्रबार मनसुन सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन्। शनिबारदेखि न्यूनचापीय क्षेत्र मध्यप्रदेश क्षेत्रमा कमजोर हुँदै गएपछि वर्षा कम हुँदै जाने नगरकोटीको भनाइ छ।
बिहीबार देशैभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने नगरकोटीले उल्लेख गरिन्। तर, सोही दिन प्रदेश १, २, बाग्मती, गण्डकी, प्रदेश ५ र कर्णालीका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने आँकलन गरिएको छ। तर शुक्रबार प्रदेश एक,दुई र बाग्मती प्रदेशका एक/दुई स्थानमा मात्रै भारी वर्षा हुने अनुमान गरिएको छ।
मनसुन सकिने सरदर मिति असोज ७ भएपनि अझै केही दिन मनसुन सक्रिय हुने भएकाले बाढीपहिरो जस्ता प्रकृतिक विपतबाट सर्तक रहन महाशाखाले सबैमा अनुरोध गरेको छ।
महाशाखाको यस्तो छ तीनसम्मको अनुमान
असोज ७ गते (बुधबार)
राती- देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश,प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज ८ गते (बिहीबार)
दिउँसो- देशभर सामान्य देखि पुर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १(२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती- देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का १(२ स्थानहरुमा धेरै भारी वर्षाको स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
असोज ९ गते (शुक्रबार)
दिउँसो- देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र १(२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
राती- देशभर सामान्य देखि पुर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा र १(२ स्थानहरुमा अति भारी वर्षाको समेत संभावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।