काठमाडौं– सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचन मंसिर २७ गते निर्णय गरको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
कोरोना कहरको समयमा पनि ट्रेड युनियनको निर्वाचन गर्न सरकार लागिपरेको भन्दै आलोचना भएपनि सरकारले निर्वाचनको मिति पुनः पछि सारेको हो। यसअघि असोज २४ गतेका लागि आधिकारिक युनियनको चुनावको मिति तोकिएको थियो।
त्यसका लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले आचारसंहितासमेत जारी गरिसकेको थियो। कोरोनाको जोखिम कायमै रहेको भन्दै मन्त्रिपरिषदको बैठकले निर्वाचन सार्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।