काठमाडौं- वीर अस्पतालमा मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय लखन जैसवाल पाकिङसन र प्रेसरका बिरामी भएकाले हत्या नभएको स्पष्ट पारिएको छ। बुधबार केन्द्रीय कारागार कार्यालय सुन्धारा र वीर अस्पतालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मृत जैसवाल पार्किङसन र प्रेसरको दीर्घरोगी भएको बताउँदै उनलाई कारागार वा अस्पतालले हत्या गरेको, आँखा निकालेको, चोटपटक लाएको र घाँटी काटिएको जस्ता भ्रामक समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
त्यस किसिमको सूचनामा कुनै सत्यता नभएको बताउँदै कारागार र अस्पतालले सिसिटिभी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत सवित भएको विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन्।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ५ घर भएका जैसवालको गत शनिबार मृत्यु भएको थियो। उनलाई श्वासप्रश्वासको समस्या भएपछि केन्द्रीय कारागार सुन्धाराबाट वीर अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। उनको निधन भइसकेपछि कोरोना परीक्षण समेत गर्नुपर्ने भएकाले मंगलबारमात्रै रिपोर्टमा पोजेटिभ आएको थियो।
विगत तीन दिनदेखि मृत शव गल्न थालिसकेकाले शवमा फोकाहरु आउने,सुन्निने, मुख नाकबाट तरल पदार्थमात्रै निस्किएको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।