काठमाडौं- मंगलबारदेखि सुरु भएको भारी वर्षाका कारण हवाई उडान समेत प्रभावित भएको छ। मौसमका कारण बुधबार आन्तरिकतर्फ ५ वटा उडान रद्द भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय टावरका अनुसार बुधबार मौसमका कारण बुद्धको २, नेपाल एयरलान्सको १ र तारा एयरको २ वटा उडान रद्द भएका छन्।
कार्यालयका अनुसार बुद्धको एउटा पोखरा र एउटा भरतपुर उडान र रद्द भएको हो। यसैगरी नेपाल एयरलाइन्सको दाङ र तारा एयरको २ वटा लुक्ला उडान रद्द भएको छ।
बुधबार आन्तरिकतर्फ बुद्धले १५ , यतीले ९, श्रीले २ र सिता एयरले एउटा उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ।
यसैगरी आन्तरिकतर्फ मंगलबार ३३ र सोमबार ३४ उडान भएका थिए। तर, बुधबार मौसमका कारण ५ वटा उडान रद्द भई २७ वटा उडान भएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।