काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ। नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेका छन्।
त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगंंज–जुम्ला, जुम्ला–नेपालगंज, नेपालगंज–रुकुम, नेपालगंज–बाजुरा र बाजुरा–नेपालगंजका लागि पनि उडान निर्धारण गरिएको छ।
यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरिएको निगमले जानकारी दिएको छ।
उडानका लागि नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य सम्बन्धी मापदण्डलाई आधार मानिएको छ।
निगमको आन्तरिक उडान तालिका
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।