काठमाडौं–चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ।
प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। युवाहरुको समूहले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसमेत प्रदर्शन गरेका थिए। उनीहरुलाई प्रहरीले दूतावासअगाडिबाट तितरबितर पारेको थियो ।
हुम्लाको नाम्खा गाउँपालिका–६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर नयाँ ९ वटा भवन निर्माण गरेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको थियो। तर चिनियाँ सेनाले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताउदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।