काठमाडौं–ग्लोबल आइएमई बैंकले १० वर्ष अवधिको तीन अर्ब रुपैयाँको ऋणपत्र ल्याउने भएको छ। बैंकले ८.५ प्रतिशत व्याजदरमा उक्त ऋणपत्र ल्याउन लागेको हो।
बजारमा तरलता पर्याप्त भएको मौका छोपेर बैंकले ‘ग्लोबल आइएमई डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र जारी गर्ने भएको हो।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। तीन अर्बमध्ये एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नु पर्ने हुन्छ। बाँकी एक अर्ब ८० करोड रुपैयाँ आफैंले बिक्री गर्नेछ। प्रति इकाई एक हजार रुपैयाँको दरमा १२ लाख कित्ता बिक्री गर्नेछ।
ऋणपत्र धनीले अर्धवार्षिक रुपमा तोकिएको व्याज रकम प्राप्त गर्न सक्नेछन्। दीर्घकालीन प्रकृतिको यस्तो ऋणपत्र बैंकहरुका लागि दीर्घकालीन स्रोत हो भने सर्वसाधारणका लागि लामो अवधिको उपयुक्त लगानी हो। यो ऋणपत्र दोस्रो बजारमा पनि सूचीकृत हुन्छ। चाहेको समयमा दोस्रो बजारमार्फत् बिक्री गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।