काठमाडौं–नीति अनुसन्धान प्रतिष्ठानले विशेषज्ञको सूचीमा दर्ता हुन आव्हान गरेको छ।
विभिन्न विषयमा अध्ययन,अनुसन्धान वा विश्लेषण गर्न क्षेत्रगत विज्ञता भएका विशेषज्ञलाई प्रतिष्ठानमा दर्ता हुन सार्वजनिक आव्हान गरिएको हाे। सम्बन्धित क्षेत्रका विशेषज्ञ वा दक्ष व्यक्तिहरुको सूची तयार गर्नुपर्ने र कार्यालयबाट सम्पादन गर्ने कार्य विशेषज्ञबाट समेत गराउनुपर्ने भएकाले विशेषज्ञ सूचीमा आफूलाई दर्ता गराउन प्रतिष्ठानले अनुरोध गरेकाे हाे।
प्रतिष्ठानले नेपालको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, विकास, निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध तथा शासकीय सुधार क्षेत्रको अध्ययन गर्दछ। अध्ययन, विश्लेषण र अनुसन्धान गरी विभिन्न पक्षमा सरकारले सुधार गर्नुपर्ने पक्षमा सिफारिस गर्दछ। सरकारले अपनाउने नीतिमा सुधारको सिफारिस गर्ने प्रतिष्ठानको दायित्व भए पनि त्यसतर्फ हालसम्म उल्लेखनीय कार्य भएको देखिएको भने छैन।
शैक्षिक योग्यता,विशेष योग्यता, अनुभव तथा दक्षता, अनुसन्धानको रुचि र महत्वपूर्ण प्रकाशनसहित विवरण पठाउन प्रतिष्ठानले आव्हान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।